अदालतमा अनुपस्थित भएपछि मिश्र र राणाविरुद्ध जारी गरिँदै पक्राउ पुर्जी « Khabarhub

अदालतमा अनुपस्थित भएपछि मिश्र र राणाविरुद्ध जारी गरिँदै पक्राउ पुर्जी


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनमा हिंसा भड्काउन भीड उचालेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई नेतालाई पक्राउ पुर्जी जारी गरिने भएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवम् सांसद धवलशमशेर राणाविरुद्ध फरार अरोपीका रूपमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न लागिएको हो ।

‘मुद्दा अदालतमा लैजाँदा अनुपस्थित रहेका उनीहरूलाई उपस्थित हुन म्यादसहित पक्राउ पुर्जी जारी हुन्छ’, जिल्ला अदालत काठमाडौंका एक अधिकारीले भने, ‘यदि ७ दि‌नभित्र पक्राउ परेनन् भने घर वतनमा ७० दिने म्याद तामेल हुन्छ ।’

उनका अनुसार उक्त म्यादभित्र पनि दुवैजना हाजिर भएनन् भने पक्राउ गरेर अदालतले बिहीबार राति दिएको आदेशअनुसार पुर्पक्ष अघि बढाइनेछ ।

अदालतका अनुसार बिहीबार मुद्दाको आदेश हुँदासमेत अनुपस्थित दुवैजनाविरुद्ध शुक्रबार नै पक्राउ पुर्जी जारी हुन सक्छ ।

गत चैत १५ गते राति पक्राउ परेका महामन्त्री राणा क्यान्सरको फलोअप उपचार गर्न भन्दै वैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए ।

उता वरिष्ठ उपाध्यक्ष मिश्र सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत् पक्राउ परेको ४९ औँ दिनमा गत जेठ २ गते रिहा भएका थिए । तर यी दुवैजना नेता सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा लैजाँदा पनि अनुपस्थित थिए । त्यहीकारण अब उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न लागिएको हो ।

तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्नमध्ये दुर्गा प्रसाईं फरार भएको १२ दिनपछि चैत २८ गते भारतको आसामबाट पक्राउ परेका थिए ।
उनीसहित सातजनालाई काठमाडौं जिल्ला अदालतले बिहीबार राति पुर्पक्षका लागि थुनाका पठाइसेको छ । अब अदालतमा अनुपस्थित नभएका राणा मिश्रविरुद्ध फरार अभियुक्तका रुपमा पक्राउ पुर्जी जारी हुने भएको छ।

हाजिरी जमानीमा छुटेका उनीहरू अदालतमा अनुपस्थित हुँदा तीनजना कानुन व्यवसायी र उनीहरूका स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराइएको छ। जमानी बसेका वकिलले जरिवाना तिर्दा पनि दुवैजनाले अदालतमा अनुपस्थित भएर अटेरी गरेका हुन् ।

को कुन कसुरमा जेल गए ?

१. दुर्गा प्रसाईं- तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवार व्यक्ति
२‍. कुमार तामाङ- जडीबुटी प्रशोधन केन्द्रको कारखानामा आगो लगाउने व्यक्ति
३. गोकर्ण शाही- चैत १५ गते दुर्गा प्रसाईंको गाडीमा झुन्डिँदै हिंसा भड्काउन उ गर्ने व्यक्ति
४. सरोज गौतम – पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो लगाउने व्यक्ति
५. सुशील बराल- दमकललाई आगो निभाउन अवरोध गर्ने ब्यक्ति
६. इन्द्रमणि रेग्मी – पत्रकार सुरेश रजक मृत भेटिएको तीनकुनेस्थित घरमा आगो लगाउने
७. केशब बस्नेत – जडीबुटी प्रशोधन केन्द्रमा राखेका गाडी जलाउने व्यक्ति

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  २ : ३३ बजे

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा

कसरी चिन्ने फेक आइडी ?

काठमाडौं- एउटा भनाइ छ- ‘गलत सूचना पाउनुभन्दा सूचना नपाउनु नै

रास्वपा केन्द्रीय समिति बैठक बुधबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान