महासचिव पोखरेलको गृहजिल्लाबाट एकसाथ ७० नेता-कार्यकर्ताले छाडे एमाले « Khabarhub

महासचिव पोखरेलको गृहजिल्लाबाट एकसाथ ७० नेता-कार्यकर्ताले छाडे एमाले


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

दाङ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङबाट ७० जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

पार्टी परित्याग गर्ने कार्यकर्ताहरूले पूर्व उपाध्यक्ष डा. भीम रावलद्वारा अगाडि बढाइएको मातृभूमि राष्ट्रिय अभियानमा सक्रिय रुपमा सहभागी हुने घोषणा गरेका छन्।

पूर्व उपाध्यक्ष डा. रावलले गत पुस १० गते एमालेबाट निष्कासित भएपछि नयाँ राजनीतिक अभियान सुरु गरेका थिए।

त्यही अभियानसँग आबद्ध हुने योजनासहित पोखरेलको गृहजिल्लाबाट व्यापक संख्यामा कार्यकर्ताले एमाले छोडेका हुन्। गिरिराज केसीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटीका पाँचजना निवर्तमान सदस्यसहितका उनीहरूले वर्तमान एमाले नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै दलभित्रै विद्रोह गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

पार्टी परित्यागको घोषणामा भनिएको छ, ‘आजको राजनीति आय–आर्जनको माध्यम बनेको छ। भ्रातृत्व, समानता र न्यायका सिद्धान्तहरू बिर्सिएको छ। सत्ताको नशामा डुबेका नेताहरू १८औँ शताब्दीको सामन्तवादी सोचबाट निस्किन सकेका छैनन्। यस्तो प्रवृत्तिलाई अस्वीकार गर्दै हामीले एमाले छाड्ने निर्णय गरेका हौं।’

उनीहरूले भारत र चीनबीचको संवेदनशील भौगोलिक अवस्थिति, विश्व शक्ति सन्तुलनको परिवर्तनशील स्थिति, तथा देशको असल नेतृत्व अभावमा राष्ट्र गम्भीर संकटतर्फ उन्मुख हुन सक्ने चेतावनी दिएका छन् ।

पार्टी नेतृत्व (अध्यक्ष केपी शर्मा ओली) कै सरकारमा व्यापक भ्रष्टाचारका काण्डहरू बाहिरिएका बेला पार्टी नेतृत्व आफैंले जुलुस निकालेर ‘धामी–बोक्सी’ शैलीमा व्यवहार गरिरहेको आरोपसमेत उनीहरूले लगाएका छन् ।

सामूहिक रुपमा पार्टी परित्याग गरेका कार्यकर्ताहरूको यस निर्णयले आगामी दिनमा दाङको राजनीतिमा महत्वपूर्ण असर पार्ने देखिएको छ । ‘हामीले सही गर्यौँ वा गलत, यसको मूल्याङ्कन दङ्गाली जनताले गर्नेछन्,’ उनीहरूले भनेका छन् ।

नेता रावल पछिल्लो समय जिल्ला दौडाहामा छन् । उनले जिल्ला जिल्ला घुमेर नयाँ पार्टी बनाउने अभियानलाई तीव्र पारेका छन् । रावल दाङ पुग्ने कार्यक्रमसँगै एमालेका कार्यकर्ताहरू उनको अभियानमा जोडिन तयार भएका हुन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  २ : ५१ बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन