‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलबीच सहकार्यमा जोड' | Khabarhub Khabarhub

‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलबीच सहकार्यमा जोड’


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका दलहरूबीच सहकार्यको खाँचो औँल्याएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै जनअपेक्षा पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए  ।
 
सांसद नारायणदत्त मिश्रले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सदनमा एकापसमा अरोपप्रत्यारोपमा उत्रँदा लोकतन्त्र विरोधी शक्तिले चलखेल गर्ने स्थान पाएको बताए । सांसद मदनकुमारी शाह (गरिमा)ले राजनीतिक परिवर्तनका लागि सहकार्य गरेका दलहरूले मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका लागि पनि हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।
 
सांसद जगप्रसाद शर्माले राजनीतिक परिवर्तन पछिको नयाँ अवस्था विभिन्न समस्यामा अल्झेको उल्लेख गर्दै सार्वजनिक–निजी साझेदारीमा जोड दिनुपर्ने बताए । सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशका जनताले आधारभूत सेवा प्राप्त गर्न नसकेको भन्दै त्यहाँ शिक्षा, स्वास्थ्य, रोजगार, यातायातलगायत सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद गोपीबहादुर सार्की अछामीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मोरङमा मेडिकल कलेज सञ्चालनका लागि योजना बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद तुलसाकुमारी दाहालले पछिल्लो केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएकाले आवश्यक पूर्वतयारी गर्न सरकारसँग माग गरिन्  ।

 सभा सदस्यहरूले बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरे ।
 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : ३० बजे

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

तनहुँ– मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी 

काठमाडौँ  – नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग

कक्षा १२ को नतिजा : नतिजा ९ प्रतिशतले सुधार हुँदा अंग्रेजीमा ६६ हजार ननग्रेडेड

काठमाडौं- गत वैशाखमा सञ्चालित क्षा १२ को परीक्षाको नतिजा आएको

गण्डकीमा ८९ प्रतिशत रोपाइँ

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ ।