‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलबीच सहकार्यमा जोड’ « Khabarhub

‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलबीच सहकार्यमा जोड’


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका दलहरूबीच सहकार्यको खाँचो औँल्याएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै जनअपेक्षा पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए  ।
 
सांसद नारायणदत्त मिश्रले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सदनमा एकापसमा अरोपप्रत्यारोपमा उत्रँदा लोकतन्त्र विरोधी शक्तिले चलखेल गर्ने स्थान पाएको बताए । सांसद मदनकुमारी शाह (गरिमा)ले राजनीतिक परिवर्तनका लागि सहकार्य गरेका दलहरूले मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका लागि पनि हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।
 
सांसद जगप्रसाद शर्माले राजनीतिक परिवर्तन पछिको नयाँ अवस्था विभिन्न समस्यामा अल्झेको उल्लेख गर्दै सार्वजनिक–निजी साझेदारीमा जोड दिनुपर्ने बताए । सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशका जनताले आधारभूत सेवा प्राप्त गर्न नसकेको भन्दै त्यहाँ शिक्षा, स्वास्थ्य, रोजगार, यातायातलगायत सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद गोपीबहादुर सार्की अछामीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मोरङमा मेडिकल कलेज सञ्चालनका लागि योजना बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद तुलसाकुमारी दाहालले पछिल्लो केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएकाले आवश्यक पूर्वतयारी गर्न सरकारसँग माग गरिन्  ।

 सभा सदस्यहरूले बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरे ।
 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : ३० बजे

विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको महत्त्वपूर्ण

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल