‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै « Khabarhub

‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका दक्षिणी क्षेत्रका तीन स्थानीय तहमा पदमार्ग निर्माणले गति लिएको हो । सुनसरीको कोसी टप्पु, उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, भोजपुर हतुवागढीको माइबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्ज्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ग्रेटर मुन्दुम पदमार्ग निर्माण भइरहेको छ । 

भोजपुरको हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिकामा पदमार्ग निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । हतुवागढी गाउँपालिका–९ हसनपुरको होम्पुवा भञ्ज्याङबाट पदमार्ग निर्माण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

पदमार्गको शून्य विन्दु माइबेनी भए पनि हाललाई होम्बुवाबाट काम अघि बढेको उनले जानकारी दिए । यहाँ स्वीस सरकारसँगको साझेदारीमा करिब रु ३२ लाख लागतमा पदमार्ग निर्माण भइरहेको छ । 

हतुवागढी–३ सिन्द्राङमा सङ्घीय सरकारको रु १८ लाख लागतमा पदमार्ग निर्माण भइरहेको अध्यक्ष राईको भनाइ छ । तोसिखोमबाट सङ्खाम जोर आहालसम्म पदमार्ग निर्माण गरिनेछ । रामप्रसाद राई गाउँपालिकामा चालु  आर्थिक वर्षमा एक हजार ३०० मिटर पदमार्ग निर्माण गरिनेछ ।

यहाँ वडा नं ६ मा पर्ने थाम डाँडा, गोल्मे राजा, गोल्मे रानी आसपासमा काम भइरहेको उनले जानकारी दिए । हालसम्म करिब २०० मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । रामप्रसादराई गाउँपालिकामा पहिलो चरणमा करिब रु ३० लाख लागतमा पदमार्ग निर्माण भइरहेको छ ।

त्यस्तै आमचोक गाउँपालिकामा करिब दुई किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यहाँ दाबुराङबाट थाम डाँडासम्म पदमार्ग निर्माण हुने छ । चार वर्षसम्म निर्माण हुने ग्रेटर मुन्दुम पदमार्ग निर्माणमा स्वीस सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत, स्थानीय सरकारको १८ प्रतिशत तथा सङ्घीय सरकारको ८ प्रतिशत लागत साझेदारी हुने बताइएको छ । 

ग्रेटर मुन्दुम पदमार्ग सुनसरीको कोसी टप्पुबाट सुरु भएर उदयपुरको मैनामैनी भोजपुर हतुवागढीको माइबेनी, शिलासुत्केरी, सङ्खामचुली, आमचोक गाउँपालिकाको बयाङ, यूँ, रामप्रसाद राई–६ थामडाँडा, गोल्मे भिर, सुच्चागुफा नागछाँगा, वडा नं २ को पाप्माखाम गढी, बतासे र वडा नं १ ओख्रेहुँदै टेम्केमैयुङ–९ को कपासे भञ्ज्याङसम्म विस्तार हुने रामप्रसाद राई–६ वैकुण्ठेका वडाध्यक्ष एकराज आचर्यले बताए । 

तावाभञ्ज्याङमा यसअघि निर्माण भएको मुन्दुम पदमार्गसँग जोडिएसँगै भोजपुर साल्पासिलिचुङसम्म पुग्दा यो पदमार्गको लम्बाइ करिब १६८ किलोमिटर हुने छ । यो कार्यक्रम २०८५ सालसम्म सञ्चालन हुने छ । पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगरअन्तर्गत काम भइरहेको छ । रासस
 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ०७ बजे

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् !

काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै

अनि एकल लिडमा आँट गरेकी आँचल…

काठमाडौं- नायिका आँचल शर्मा अहिलेका सबैभन्दा बढी फिल्म दिने नायक

सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’

काठमाडौँ – पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका

बेलायती प्रधानमन्त्री स्टाररमाथि राजीनामाको दबाब

लन्डन – बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि राजीनामा दिन दबाब बढेको