‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै « Khabarhub

‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै


३० जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका दक्षिणी क्षेत्रका तीन स्थानीय तहमा पदमार्ग निर्माणले गति लिएको हो । सुनसरीको कोसी टप्पु, उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, भोजपुर हतुवागढीको माइबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्ज्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ग्रेटर मुन्दुम पदमार्ग निर्माण भइरहेको छ । 

भोजपुरको हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिकामा पदमार्ग निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । हतुवागढी गाउँपालिका–९ हसनपुरको होम्पुवा भञ्ज्याङबाट पदमार्ग निर्माण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

पदमार्गको शून्य विन्दु माइबेनी भए पनि हाललाई होम्बुवाबाट काम अघि बढेको उनले जानकारी दिए । यहाँ स्वीस सरकारसँगको साझेदारीमा करिब रु ३२ लाख लागतमा पदमार्ग निर्माण भइरहेको छ । 

हतुवागढी–३ सिन्द्राङमा सङ्घीय सरकारको रु १८ लाख लागतमा पदमार्ग निर्माण भइरहेको अध्यक्ष राईको भनाइ छ । तोसिखोमबाट सङ्खाम जोर आहालसम्म पदमार्ग निर्माण गरिनेछ । रामप्रसाद राई गाउँपालिकामा चालु  आर्थिक वर्षमा एक हजार ३०० मिटर पदमार्ग निर्माण गरिनेछ ।

यहाँ वडा नं ६ मा पर्ने थाम डाँडा, गोल्मे राजा, गोल्मे रानी आसपासमा काम भइरहेको उनले जानकारी दिए । हालसम्म करिब २०० मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । रामप्रसादराई गाउँपालिकामा पहिलो चरणमा करिब रु ३० लाख लागतमा पदमार्ग निर्माण भइरहेको छ ।

त्यस्तै आमचोक गाउँपालिकामा करिब दुई किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यहाँ दाबुराङबाट थाम डाँडासम्म पदमार्ग निर्माण हुने छ । चार वर्षसम्म निर्माण हुने ग्रेटर मुन्दुम पदमार्ग निर्माणमा स्वीस सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत, स्थानीय सरकारको १८ प्रतिशत तथा सङ्घीय सरकारको ८ प्रतिशत लागत साझेदारी हुने बताइएको छ । 

ग्रेटर मुन्दुम पदमार्ग सुनसरीको कोसी टप्पुबाट सुरु भएर उदयपुरको मैनामैनी भोजपुर हतुवागढीको माइबेनी, शिलासुत्केरी, सङ्खामचुली, आमचोक गाउँपालिकाको बयाङ, यूँ, रामप्रसाद राई–६ थामडाँडा, गोल्मे भिर, सुच्चागुफा नागछाँगा, वडा नं २ को पाप्माखाम गढी, बतासे र वडा नं १ ओख्रेहुँदै टेम्केमैयुङ–९ को कपासे भञ्ज्याङसम्म विस्तार हुने रामप्रसाद राई–६ वैकुण्ठेका वडाध्यक्ष एकराज आचर्यले बताए । 

तावाभञ्ज्याङमा यसअघि निर्माण भएको मुन्दुम पदमार्गसँग जोडिएसँगै भोजपुर साल्पासिलिचुङसम्म पुग्दा यो पदमार्गको लम्बाइ करिब १६८ किलोमिटर हुने छ । यो कार्यक्रम २०८५ सालसम्म सञ्चालन हुने छ । पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगरअन्तर्गत काम भइरहेको छ । रासस
 

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ५ : ०७ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया