औषधिको मूल्य निर्धारण समितिको प्रतिवेदन विरुद्ध औषधी व्यवसायी आन्दोलित  « Khabarhub

औषधिको मूल्य निर्धारण समितिको प्रतिवेदन विरुद्ध औषधी व्यवसायी आन्दोलित 


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधिको मूल्य निर्धारण सिफारिस समितिको प्रतिवेदन विरुद्ध औषधि क्षेत्रका विभिन्न १० वटा संघसंस्था आन्दोलित भएका छन् ।

औषधिका सम्पूर्ण सरोकारवालालाई बेवास्ता गर्दै एकतर्फी रूपमा मन्त्रालयलाई समेत भ्रममा पारेर प्रतिवेदन पेश गरिएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिँदै आएका थिए । निर्धारित अल्टिमेटम सकिँदासमेत सरकारी निकायले कुनै चासो नदेखाएपछि उनीहरू आन्दोलित भएका हुन् ।

नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यावसायिक संघ, नेपाल मेडिकल एशोसियसन, आयातकर्ता संघ, औषधि थोक व्यवसायी संघ, प्राइभेट अस्पताल संघ, आयुर्वेद औषधि उत्पादक संघ, पशुपंक्षी औषधि व्यवसायी संघ, रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल र पशु चिकित्सक संघ लगायतले संयुक्त रूपमा विरोध कार्यक्रम सुरू गरेका हुन् ।

संघसंस्थाहरूले काठमाडौँस्थित औषधि व्यवस्था विभाग, विराटनगर, वीरगन्ज र नेपालगन्जस्थित विभागका शाखा कार्यालयहरूमा मुखमा कालो पट्टी बाँधेर मौन धर्ना थालेका छन् । उनीहरूले प्रतिवेदन यथास्थितिमा लागू भए औषधिको आपूर्ति संकट आउने, गुणस्तरहीन औषधिको प्रवाह बढ्ने र सम्पूर्ण औषधि उद्योग धराशायी हुने खतरा रहेको चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ३१ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने