राजेन्द्र लिङ्देनले भने- माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्‍यो « Khabarhub

राजेन्द्र लिङ्देनले भने- माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्‍यो


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले वीरतापूर्वक आत्मसमर्पण गरेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्ने क्रममा दुई सातासम्म संसद् अवरुद्ध गरेर माओवादीले अन्तिममा आत्मसमर्पण गरेको बताए ।

लिङ्देनले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लुटतन्त्रको रक्षाका लागि सत्तापक्षसँग सहमति गरेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेपछि बोल्दै उनले लुटतन्त्रको रक्षाका लागि सत्तापक्षसँग सहमति गरेको टिप्पणी गरेका हुन् ।

‘जहाँसम्म यो १७–१८ दिनदेखिको नाटक जो हामीले देखिराखेका थियौँ, देशले देखिराखेको छ । र, अहिले प्रमुख प्रतिपक्षी दलको नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको जुन सुन्न पाइयो,’ अध्यक्ष लिङ्देनले भने, ‘वीरतापूर्वक बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइयो । यो हुने नै यही थियो । उहाँले भन्नुभयो, गणतन्त्रको रक्षाका लागि । गणतन्त्रको रक्षाका लागि होइन, लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको हो भन्ने कुरा आम जनताले बुझिराखेको छ ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : २० बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण