राजेन्द्र लिङ्देनले भने- माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्‍यो | Khabarhub Khabarhub

राजेन्द्र लिङ्देनले भने- माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्‍यो


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले वीरतापूर्वक आत्मसमर्पण गरेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्ने क्रममा दुई सातासम्म संसद् अवरुद्ध गरेर माओवादीले अन्तिममा आत्मसमर्पण गरेको बताए ।

लिङ्देनले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लुटतन्त्रको रक्षाका लागि सत्तापक्षसँग सहमति गरेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेपछि बोल्दै उनले लुटतन्त्रको रक्षाका लागि सत्तापक्षसँग सहमति गरेको टिप्पणी गरेका हुन् ।

‘जहाँसम्म यो १७–१८ दिनदेखिको नाटक जो हामीले देखिराखेका थियौँ, देशले देखिराखेको छ । र, अहिले प्रमुख प्रतिपक्षी दलको नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको जुन सुन्न पाइयो,’ अध्यक्ष लिङ्देनले भने, ‘वीरतापूर्वक बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइयो । यो हुने नै यही थियो । उहाँले भन्नुभयो, गणतन्त्रको रक्षाका लागि । गणतन्त्रको रक्षाका लागि होइन, लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको हो भन्ने कुरा आम जनताले बुझिराखेको छ ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : २० बजे

पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ?

काठमाडौं- निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

धरान– यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले

प्रदेशसभा सदस्यलाई प्रश्न- जेन–जी आन्दोलनपछि प्रदेश सरकार किन ओइलायो ?

गण्डकी प्रदेशभर ८० वटा सरकारी र ६३ वटा निजी गरी

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दशरथचन्द– बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ