रास्वपाले भन्यो- माओवादीसँग अहिलेलाई डिभोर्स भयो, दुई बुँदेमा हाम्रो सहमति छैन | Khabarhub Khabarhub

रास्वपाले भन्यो- माओवादीसँग अहिलेलाई डिभोर्स भयो, दुई बुँदेमा हाम्रो सहमति छैन


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अहिलेलाई नेकपा माओवादी केन्द्रसँग डिभोर्स भएको बताएका छन् ।

भिजिट भिसा प्रकरणमा सदनको अवरोध खोल्नको लागि सत्तापक्ष र प्रतिपक्षबीच दुई बुँदे सहमति भएपछि झाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सत्तापक्ष र प्रमुख प्रतिपक्ष माओवादीबीच भएको २ बुँदे सहमतिले अहिलेको समस्याको समाधान नगर्ने दाबी गरे ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरूलाई दुई बुँदे सहमतिमा आउन भने पनि आफूहरूले अस्वीकार गरेको जानकारी दिए ।

संसद् भवनमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा झाले यस्तो बताएका हुन् ।

‘माओवादीले सहमतिका लागि हामीलाई पनि आग्रह गरेको थियो । तर, उहाँहरूको सहमतिमा समस्याको सामाधान गर्ने ठोस प्रस्ताव उल्लेख नभएकाले हामी सहमत हुन सकेनौँ’, उनले भने, ’उहाँहरूले छानबिन समिति बनाउने भन्नुभएको छ । त्यो समिति गृह मन्त्रालयकै कुनै सहसचिवको नेतृत्वमा बन्न सक्छ । त्यसले समस्याको कुनै समाधान गर्दैन ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ४३ बजे

पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ?

काठमाडौं- निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

धरान– यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले

प्रदेशसभा सदस्यलाई प्रश्न- जेन–जी आन्दोलनपछि प्रदेश सरकार किन ओइलायो ?

गण्डकी प्रदेशभर ८० वटा सरकारी र ६३ वटा निजी गरी

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दशरथचन्द– बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ