रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु « Khabarhub

रेलेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दीम्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । 

ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षणका लागि यसै हप्तादेखि विद्युत् उत्पादन शुरू गरेको हो । विद्युत् गृहमा रहेको दुईमध्ये एक वटा युनिट (टर्वाइन जेनेरेटर)को परीक्षण सफल भएको र अर्को युनिटको शुक्रबार परीक्षण सकिने आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए ।   

‘नेपाल विद्युत् प्राधिकरण, परामर्शदाता, प्रवर्द्धक र ठेकेदारका प्राविधिकहरूको संयुक्त टोली परीक्षण कार्यमा खटिएको छ,’ उनले भने, ‘परीक्षण सफल भएपछि व्यावसायिक विद्युत् उत्पादन सुरू गर्छौँ ।’

सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०/५० मिटर लामा दुई वटा पानी थिग्राउने पोखरी, रेलेखर्कमा विद्युत् गृह निर्माण र बाँध देखि विद्युत् गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको छ । 

रेलेखर्कको विद्युत् गृह, स्विचयार्ड र दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । सुरूङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो । पाँच सय पाँच मिटर माथिबाट विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ । 

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७९ मा निर्माण शुरू भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्‍याउँदा कार्यतालिका प्रभावित भएको जनसम्पर्क अधिकृत पाण्डेले बताए । 

एक अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँ हुँदै बाँध र विद्युत् गृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ५२ बजे

विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको महत्त्वपूर्ण

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल