श्रमिकको न्यूनतम पारिश्रमिक कम्तीमा ४० हजार पुर्‍याउनुपर्ने | Khabarhub Khabarhub

श्रमिकको न्यूनतम पारिश्रमिक कम्तीमा ४० हजार पुर्‍याउनुपर्ने


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिकको न्यूनतम पारिश्रमिक कम्तीमा ४० हजार रुपैयाँ पुर्‍याउनुपर्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३औँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १७ हजार ३०० मा मर्यादित रोजगारी नहुने भएकाले न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने बताएका हुन् ।

‘समान काममा लैङ्गिक विभेद गरिनुहुन्न, अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षामा लैजानुपर्छ, श्रमिकले गरेको कामको राम्रो ज्याला नदिएसम्म समृद्धि सम्भव हुँदैन, श्रमको क्षेत्र  निजीकरण बढी हुँदा श्रम आयोग गठन गर्न मानिरहेका छैनन्, कुनै दिन श्रम आयोग बन्छ, यसमा हामी लागिरहेका छौँ’, उनले भने । 

प्राधिकरणको बक्यौता २३ अर्ब रुपैयाँ उठाउन बाँकी रहेकाले नेता कोइरालाले बक्यौता नउठाई प्राधिकरण धराशायी भयो भन्नु नमिल्ने बताए । प्राधिकरणको बक्यौता नउठाए देशकै अवस्था नाजुक हुने उल्लेख गर्दै सर्वसाधारणले किन प्राधिकरणलाई महसुल तिर्ने ? भन्ने प्रश्न उनले गरे । 

नेपाल फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’ मा र युरोपियन युनियनको पनि ‘ग्रे लिस्ट’ मा नेपाल परेकाले यो अवस्थाबाट निकास दिनुपर्ने उनको जोड थियो । भ्रष्टाचार गर्दिन भनेर कसैले विश्वास नगर्ने उल्लेख गर्दै नेता कोइरालाले एउटै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसैलाई डाम्ने र कसैलाई उन्मुक्ति दिन नहुने बताए । 

विदेशबाट आउने विप्रेषणमा समस्या रहेकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए । कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विसं २०४६ मा सात प्रतिशत विद्युतीय भएकामा हाल ९८ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गर्दै यो लोकतन्त्रपछिको उपलब्धि भएको बताए । प्राधिकरणलाई खण्डीकरणभन्दा पनि सबलीकरण गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ०० बजे

क्यानले भन्यो- सन्दीपलाई वेस्ट इन्डिजसँगको अन्तिम दुई खेलमा निलम्बन गरियो

काठमाडौं- नेपाल क्रिकेट सङ्घ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको

राष्ट्रपति ट्रम्पद्वारा देशभित्रै आक्रमण हुने चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार (स्थानीय समय) देशभित्रै ‘आक्रमण’

नाइजेरियामा डुङ्गा दुर्घटना, २६ जनाको मृत्यु

एजेन्सी – दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा

भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा (तस्बिरहरू)

काठमाडौं– भक्तपुरमा मनाइने विभिन्न जात्रा मध्ये परम्परागत ऐतिहासिक तथा सांस्कृतिक

हेलिकप्टरबाट सप्तरीको कंंकालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि

राजविराज– नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन