गृहमन्त्रीको तर्क- म न्यूनतम् नैतिक आचरणमा बस्ने मान्छे हो, भिजिट भिसा प्रकरण समाचार पढेर थाहा पाएँ « Khabarhub

गृहमन्त्रीको तर्क- म न्यूनतम् नैतिक आचरणमा बस्ने मान्छे हो, भिजिट भिसा प्रकरण समाचार पढेर थाहा पाएँ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नोविरुद्ध नियोजित ढंगले गलत प्रचारबाजी भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आफ्नोबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा प्रकरण आफूले मिडियाबाट थाहा पाएको बताए ।

आफ्नोविरुद्ध षड्यन्त्र भइरहेको बताउँदै उनले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास पनि गरिएको जिकिर गरे ।

संविधानबाट अधिकार प्राप्त संवैधानिक निकायले गरिरहेको भ्रष्टाचारको छानबिनमा सरकारले जवाफ दिनु आवश्यक नरहेको उनले बताए ।

‘त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसासम्बन्धी विषयमा सोधपुछका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बोलाइएको भन्ने विषय मैले सञ्चार माध्यमबाटै थाहा पाएको हुँ’, उनले भने, ‘अख्तियारले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनी गरिएको प्रचारमा सत्यता छैन । उक्त कार्यमा मेरो संलग्नता छैन र हुन सक्दैन ।’

अख्तियारबाट हुने भ्रष्टाचारविरोधी कारबाहीमा आफूले खुला हृदयले स्वागत गर्ने उनले बताएका छन् । संवैधानिक निकाय अख्तियारले गर्ने काम कारबाहीमा कतैबाट पनि प्रभावित पार्न नहुने उनले बताए ।

आफू न्यूनतम् नैतिक आचरणमा बस्ने व्यक्ति भएको कुरा सबैलाई थाहा रहेको उनले बताए । लेखकले अख्तियारबाट हुने काम कारबाहीमा आफ्नो पूर्ण सहयोग र समर्थन रहने पनि बताए ।

‘आयोगमा भइरहेको अनुसन्धानको बारेमा मलाई कुनै जानकारी हुँदैन र छैन’, उनले भने, ‘अनुसन्धानमा आयोगले कुनै समय माग गरेको अवस्थामा मन्त्रालय र मातहतको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँछु ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ०२ बजे

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा