सुक्खा पहिरो खस्दा जुम्ला नाग्म सडकखण्ड अवरुद्ध | Khabarhub Khabarhub

सुक्खा पहिरो खस्दा जुम्ला नाग्म सडकखण्ड अवरुद्ध


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको तातोपानी–१ स्थित बाइराँकामा सुक्खा पहिरो खस्दा राजमार्ग अहिले अवरुद्ध भएको छ ।

जुम्ला सदरमुकाम खलङ्गा बजारबाट छुट्ने कालिकोटको नाग्मा हुँदै सुर्खेत नेपालगञ्ज र मुगुको गमगडी जाने सवारीसाधन ठप्प भएका छन् ।

ठूला ढुङ्गा र माटोसहितको पहिरोले सडक बन्द हुँदा दुवैतर्फका सवारीसाधन रोकिएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए ।

अहिले राजमार्गमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ आवश्यक जनशक्ति र मेसिनरी साधन घटनास्थलमा पुगिसकेका छन् । अबको दुई घण्टाभित्र सडक सञ्चालन हुने कार्यालय प्रमुख चौधरीको भनाइ छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ४३ बजे

भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा (तस्बिरहरू)

काठमाडौं– भक्तपुरमा मनाइने विभिन्न जात्रा मध्ये परम्परागत ऐतिहासिक तथा सांस्कृतिक

हेलिकप्टरबाट सप्तरीको कंंकालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि

राजविराज– नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन

७ दशक अघिको त्यो दशैं (भिडियो)

महेन्द्रनाथ राई ९७७० पेशाले शिक्षासेवी तथा समाजसेवी हुन् । भोजपुरको

घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै

जलेश्वर– बडादसैँको महानवमीका दिन मिथिलाको घरघरमा कन्यापूजन गरी नवरात्रि समापन

प्रधानमन्त्री कार्कीले दसैँको टीका नलगाउने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष