बागलुङको अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते | Khabarhub Khabarhub

बागलुङको अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ घाइते


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप आज साँझ ५ः४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए  । अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार भइरहेको उनको भनाइ छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताए । 

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार छ जना घाइतेको उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्रादेशिक अस्पताल पठाइएको छ भने दुई वटा शव सङ्कलन भइरहेको छ ।

उपप्रमुख कायतले भने, ‘हामी घटनास्थल आइपुगेका छौँ, अहिले घाइतेको उद्धार गरी प्रहरी र नगरपालिकाको गाडीमा अस्पताल पठाइरहेका छौँ, दुई जनाको मृत्यु भएको छ, शव सङ्कलनको प्रयास भइरहेको छ ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ५० बजे

राष्ट्रपति ट्रम्पद्वारा देशभित्रै आक्रमण हुने चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार (स्थानीय समय) देशभित्रै ‘आक्रमण’

नाइजेरियामा डुङ्गा दुर्घटना, २६ जनाको मृत्यु

एजेन्सी – दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा

भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा (तस्बिरहरू)

काठमाडौं– भक्तपुरमा मनाइने विभिन्न जात्रा मध्ये परम्परागत ऐतिहासिक तथा सांस्कृतिक

हेलिकप्टरबाट सप्तरीको कंंकालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि

राजविराज– नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन

७ दशक अघिको त्यो दशैं (भिडियो)

महेन्द्रनाथ राई ९७७० पेशाले शिक्षासेवी तथा समाजसेवी हुन् । भोजपुरको