एक सय छ केजी यार्सागुम्बा बिक्री गर्न इजाजत | Khabarhub Khabarhub

एक सय छ केजी यार्सागुम्बा बिक्री गर्न इजाजत


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– डोल्पामा पाइने यार्सागुम्बा बिक्री गर्नका लागि १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । एकचालीस जनाले उक्त इजाजत लिएको डोल्पास्थित डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर रावलले बताए  ।

साउनदेखि हालसम्म ४१ जनाले इजाजत लिएको उनले बताए । जेठमा मात्र नौ जनाले इजाजत लिएको उनको भनाइ छ । अहिले मात्र नौ जनाले ३८ दशमलव १२१ केजीको इजाजत दिइएकामा साउनदेखि हालसम्म ४१ जनालाई १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । 

प्रतिकेजी ३१ हजार रुपैयाँ लिएर इजाजत दिने गरिन्छ । हालसम्म विभिन्न शीर्षकको एक करोड दुई लाख २४ हजार रुपैयाँ उठेको छ । ठुलिभेरीका तीन सामुदायिक वन समूह र काइके गाउँपालिकाको एउटा सामुदायिक वन समूहले प्रवेश शुल्क लिने गरेका छन् । सामुदायिक वनले प्रवेश शुल्क उठाउने गर्दछन् । 

उता से–फोक्सुण्डो राष्ट्रिय निकुन्जले समेत प्रवेश शुल्क उठाउने गर्दछ । यार्सागुम्बा सङ्कलनको कार्य जेठ ५ गतेदेखि सुरु भएको थियो । हाल अन्तिम चरणमा पुगेको छ । बर्सेनि डोल्पामा यार्सागुम्बा सङ्कलन हुने गर्छ । 

यहाँका स्थानीयवासीको आयआर्जनको भरपर्दो माध्यमसमेत यही रहेको छ । निकुन्जभित्र उठेको रोयल्टी शुल्क सङ्कलनको कार्य जारी रहेको कार्यालयले जनाएको छ । असार ५ गतेसम्म यार्सागुम्बा सङ्कलनको काम जारी रहनेछ । अघिल्लो वर्षभन्दा यो वर्ष कम मात्रामा यार्सागुम्बा पाइने गरेको सङ्कलक बताउँछन् । रासस

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ५७ बजे

जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले

दक्षिण अफ्रिकाले जित्याे टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको

आजबाट बंगलादेशसँग बिजुली बिक्री सुरू

काठमाडौं – नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका