भिजिट भिसा प्रकरणमा कुनै दल गम्भीर देखिएनन् : स्वर्णिम वाग्ले « Khabarhub

भिजिट भिसा प्रकरणमा कुनै दल गम्भीर देखिएनन् : स्वर्णिम वाग्ले


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको छ ।  

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपाका नेताहरुले भिजिट भिसा प्रकरणमा गम्भीर मानवतस्करीसंग जोडिएको बिषय भएकाले उच्चस्तरीय छानबिन आयोग नबनेसम्म आन्दोलन जारी रहने जनाएको हो । 

रास्वपा सांसद डा.स्वर्णीम वाग्लेले भिजिट भिसा प्रकरणमा माओवादी र सत्तापक्षबीच भएको सहमतिमा छानबिन आयोग बन्न ठोस प्रतिबद्धता नआएकाले समर्थन जनाउन नसकिएको बताए । 

भिजिट भिसा प्रकरणमा कुनै पनि दलहरूको गाम्भीर्यता नदेखिएको उनले बताए । उनले दलहरुबीच भएको दुई बुँदे सहमति उधारो सम्झौता रहेकाले रास्वपा सहभागी हुने कुनै गुञ्जायस नै नरहेको धारणा राखे ।  

रास्वपाका अन्य सांसदहरूले पार्टी एक्लै भए पनि भिजिट भिसा प्रकरणलाई नछाड्ने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : १२ बजे

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

सिद्धार्थनगर– रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई

खोलामा डुबेर किशोरीको मृत्यु

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने

सुकुम्वासी बस्ती हटेपछि यस्तो देखिए उपत्यकाका खोला किनार

काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न

कैलाली चुरेका भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान

कैलाली– कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५०

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ