मा‌ओवादीले खुट्टा झिकिसकेपछि मधेशी मोर्चाले भन्यो- भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्छ « Khabarhub

मा‌ओवादीले खुट्टा झिकिसकेपछि मधेशी मोर्चाले भन्यो- भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्छ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेशकेन्द्रित ७ राजनीति दलको संघीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसा प्रकरणमा छानविनको माग गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको मोर्चाको बैठकले भिजिट भिसामा नाममा मानवतस्करीको बिषय जोडिएकाले छानविनको माग गर्ने निर्णय गरेको हो ।

भिजिट भिसा प्रकरणमा छानविन गरेर प्रतिवेदन सार्वजनिक गर्दै दोषिमाथि कारबाही हुनुपर्ने बैठकको निष्कर्ष रहेको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

बैठकले साझा उदेश्य पूरा गर्न आदिवासी जनजाति आवद्ध दल, संगठन र संस्थासँग सहकार्य गरेर संयुक्त रुपमा संघर्षलाई अघि बढाउन वार्ता गर्ने निर्णय गरेको उनले बताएका छन् ।

त्यस्तै बैठकले मोर्चाको कार्यलाई व्यवस्थित गर्न सचिवालयले बनाएको छ । त्यसैगरि कार्यविधिमाथि मोर्चा आवद्ध दलको सुझाव दिएर अर्को बैठकमा अन्तिम रुप दिने निर्णय भएको महतोले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : ३४ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण