बलोचिस्तानमा भइरहेको ज्यादतीप्रति मानव अधिकारवादी संस्था चिन्तित « Khabarhub

बलोचिस्तानमा भइरहेको ज्यादतीप्रति मानव अधिकारवादी संस्था चिन्तित


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तानमा जबरजस्ती व्यक्ति बेपत्ता पारिने घटना बढ्दै गएकोमा मानव अधिकारवादी संस्थाले चिन्ता व्यक्त गरेको छ । मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले बलोचिस्तान र पूरै पाकिस्तानमा बलोच विद्यार्थीलाई जबरजस्ती बेपत्ता हुने गरेकोमा चिन्ता व्यक्त गरेको हो ।

हालै बलोचिस्तान विश्वविद्यालयमा अध्ययन गर्ने बलोच विद्यार्थी महजबिन बलोच बेपत्ता पारिएकी थिइन् । उनलाई पछिल्लो पटक मे २९ मा देखिएको थियो । भारतीय समाचार संस्था एएनआईका अनुसार त्यसको चार दिनअघि मात्रै उनका भाइ युनस बलोच पनि बेपत्ता भएका थिए ।

एम्नेष्टीले पाकिस्तानी अधिकारीहरुलाई जबरजस्ती बेपत्ता पारिएका घटनाबारे तत्काल, छरितो, पूर्ण र प्रभावकारी अनुसन्धान गर्न पनि आग्रह गरेको छ । उक्त संस्थाले यस्ता घटनामा संलग्नलाई न्यायको कठघरामा ल्याउन पनि पाकिस्तानलाई आह्वान गरेको छ ।

पाकिस्तानको बलोचिस्तानमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेको छ । यससँगै सो क्षेत्रमा जबरजस्ती बेपत्ता, गैरन्यायिक हिंसा, अपहरणजस्ता घटना बढ्दै गएको बताइन्छ ।

यस्ता घटनामा बलोचिस्तानमा पृथकतावादी आन्दोलनलाई नियन्त्रणमा लिन सक्रिय पाकिस्तानी सुरक्षामर्की संलग्न हुने गरेको बताइन्छ । पृथकतावादी भएको आरोपमा पक्राउ पर्ने कतिपय अभियन्ताहरुले आवश्यक कानुनी सहायता पनि नपाउने गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ८ : ३६ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार