युरो कप फुटबल : जर्मनीविरुद्ध स्विडेनको चार गोल « Khabarhub

युरो कप फुटबल : जर्मनीविरुद्ध स्विडेनको चार गोल


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्विडेनले युरो कप फुटबलको समूह चरणको खेलमा जर्मनीमाथि ४-१ को फराकिलो जित हात पारेको छ।

जितसहित स्विडेन समूह‘सी’मा पहिलो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ। यसअघि नै दुवै टोली दोस्रो चरणमा प्रवेश गरे पनि पहिलो स्थानका लागि सो खेल महत्त्वपूर्ण मानिएको थियो।

खेलको ३१ औ मिनेटमा कार्लेटा वामसरले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सीमित भएको थियो। ८ पटकको च्याम्पियन जर्मनीले सातौँ मिनेटमा नै जुली ब्रान्डको गोलमा अग्रता लिएको थियो। त्यसको ५ मिनेटपछि नै आर्सनलकी खेलाडी स्टिना ब्ल्याक स्टिनसले स्विडेनका लागि गोल गरिन्।

२५ औँ मिनेटमा स्मिला होलबर्गले नजिकैको दुरीबाट गोल गर्दै स्विडेनलाई अग्रता दिलाउन सफल भइन्। वामसरले स्विडेनले पेनाल्टी उपहार दिनुका साथै रातो कार्ड समेत पाएपछि जर्मनीको खेलमा फर्कने सम्भावना कम भएको थियो। फ्रिडोलिना रोल्फोले पाएको पेनाल्टी अवसरलाई सफल उपयोग गरेकी थिइन्।

वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेकी हिना हर्टिङले ८० औँ मिनेटमा थप गोल गर्दै ४-१ को सानदार जित निकालेकी हुन्।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : २६ बजे

वन्यजन्तु सप्ताह : सचेतना र संरक्षणमा जोड

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ– सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत– पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी

जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ पढ्नै पर्छ : साहित्यकार कृष्ण उदाशी

मोरङ– केही समयअघि प्रकाशित ‘पानीको पर्खाल’ कवितासङ्ग्रहका लेखक हुन्– साहित्यकार

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका