युरो कप फुटबल : जर्मनीविरुद्ध स्विडेनको चार गोल « Khabarhub

युरो कप फुटबल : जर्मनीविरुद्ध स्विडेनको चार गोल


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्विडेनले युरो कप फुटबलको समूह चरणको खेलमा जर्मनीमाथि ४-१ को फराकिलो जित हात पारेको छ।

जितसहित स्विडेन समूह‘सी’मा पहिलो हुँदै नकआउट चरणमा प्रवेश गरेको छ। यसअघि नै दुवै टोली दोस्रो चरणमा प्रवेश गरे पनि पहिलो स्थानका लागि सो खेल महत्त्वपूर्ण मानिएको थियो।

खेलको ३१ औ मिनेटमा कार्लेटा वामसरले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सीमित भएको थियो। ८ पटकको च्याम्पियन जर्मनीले सातौँ मिनेटमा नै जुली ब्रान्डको गोलमा अग्रता लिएको थियो। त्यसको ५ मिनेटपछि नै आर्सनलकी खेलाडी स्टिना ब्ल्याक स्टिनसले स्विडेनका लागि गोल गरिन्।

२५ औँ मिनेटमा स्मिला होलबर्गले नजिकैको दुरीबाट गोल गर्दै स्विडेनलाई अग्रता दिलाउन सफल भइन्। वामसरले स्विडेनले पेनाल्टी उपहार दिनुका साथै रातो कार्ड समेत पाएपछि जर्मनीको खेलमा फर्कने सम्भावना कम भएको थियो। फ्रिडोलिना रोल्फोले पाएको पेनाल्टी अवसरलाई सफल उपयोग गरेकी थिइन्।

वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेकी हिना हर्टिङले ८० औँ मिनेटमा थप गोल गर्दै ४-१ को सानदार जित निकालेकी हुन्।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : २६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का