‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल « Khabarhub

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको छ । निर्माण पक्षले आइतबार फिल्म निर्माणको घोषणा गरेको हो ।

निर्देशक लामाका अनुसार यस फिल्मको नायकमा राज कटुवाल फाइनल भएका छन् । राज गत जेठ ९ मा प्रदर्शनमा आएको फिल्म ‘नरसिंहा ः अभतार’का नायकसमेत हुन् ।

अन्य कलाकार चयनको काम भने बाँकी रहेको निर्देशक दीपेन्द्रले बताए । उनले भने, ‘पटकथामा सुनाउने कलाकार भेटेर राजलाई अनुबन्ध गरिहाल्यौँ। बाँकी कलाकार अब चाँडै अनुबन्ध गर्नेछौँ ।’

निर्देशक लामा गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुःखी आत्मा’ निर्देशक र लेखक हुन् । जुन फिल्म व्यापारिक रुपमा फ्लप भएको थियो । त्यसको लाइफटाइमा ग्रस कलेक्सन ७१ लाख २७ लाख मात्रै छ ।

यस फिल्मका लेखक सामिप्यराज तिम्लसेना हुन् । उनका अनुसार यो फिल्म ग्रामिण प्रेमकथामा आधारित छ ।

कथाबारे उनी थप्छन्, ‘पछिल्लो समय नेपाली फिल्ममा देखिएको भन्दा फरक स्वभावको कथा हो यो ।’

दीपेन्द्र र सामिप्यको यो दोस्रो सहकार्य हुन् । यसअघि उनीहरुले पहिलो सहकार्य फिल्म ‘गोपी’मा भएको थियो । ‘गोपी’ ०७५ सालमा प्रदर्शनमा आएको थियो ।

नायक विपीन कार्की आफ्‍नो करिअरको उत्कृष्ट मध्येको एक फिल्म ‘गोपी’लाई मान्छन् ।

दीपेन्द्र र सामिप्य दुवै पत्रकारिता पृष्ठभूमिका हुन् । सात वर्षपछि फेरि उनीहरुको सहकार्य हुन लागेको हो । ‘मुनामदनको ब्रेकअप’ दीपेन्द्रको निर्देशन रहने सातौं फिल्म हो ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १ : १८ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको