वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश « Khabarhub

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् । उनी शीर्ष भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ भदौ ६ बाट प्रदर्शनमा आउँदैछ ।

उनको अभिनय रहेको पछिल्लो हिट फिल्म ‘छक्का पञ्जा ५’ हो । जुन गत वर्षको दशैँमा प्रदर्शनमा आएको थियो ।

गत वैशाखमा उनको अभिनय रहेको फिल्म ‘झिल्को’को प्रदर्शनमा आएको थियो । यो फिल्म भने बक्स अफिसमा फ्लप बन्यो ।

‘छक्का पञ्जा’ हिट भएपछि उनको हातमा फिल्मको कमी छैन । केही साताअघि मात्रै उनी फिल्म ‘गोबर गणेश’मा अनुबन्ध भएकी थिइन् । उनले फिल्म ‘महाराजधिराज’ पनि साइन गरेकी छन् ।

वर्षा आइतबार मात्रै कृषा चौलागाईंको निर्देशन रहने फिल्म ‘जहाजैमा’मा अनुबन्ध भएकी छन् । अर्थात्, उनको हातमा छायाङ्कनमा जान बाँकी फिल्म नै तीन वटा छ ।

अर्थात् ‘झिल्को’ फ्लप भएकाले उनी हिट फिल्मको खोजीमा रहेकी वर्षा अहिले ‘माग्ने राजा’को प्रचारमा व्यस्त देखिन्छिन् । ‘माग्ने राजा’ले कस्तो व्यापार गर्ला त्यो थाहा पाउन अब एक महिना मात्रै बाँकी छ ।

यता वर्षा भने फिल्म ‘माग्ने राजा’बाट आशावादी छन् । निर्देशक ऋषि लामिछाने भिजन अनुरुप नै ‘माग्ने राजा’ तयार भएको हुँदा यो फिल्म सफल हुनेमा वर्षा आश छ ।

उनी थप्छिन्, ‘निर्देशकले सबैको काम चित्त बुझाउनु भएको छ । उहाँले सोच जस्तै कथा पर्दामा उत्रिएको छ । पक्कै यो फिल्म दर्शकले रुचाउनु हुनेछ ।’

आफूले विगतका फिल्ममा निर्वाह गरेको भन्दा कठिन चरित्र ‘माग्ने राजा’मा निर्वाह गरेको वर्षाले बताइन् । थपिन्, ‘कथा सुन्दा म त्यो पात्रमा देखिन सक्छु वा सक्दिनँ भन्ने चिन्ता थियो । तर, निर्देशकले खोजे जस्तै चरित्रमा मैले आफूलाई ढाल्न सकेँ ।’

फिल्मको कथामा सम्पूर्ण दर्शकले आफ्नोपन पाउने वर्षाको दाबी छ । उनी भन्छिन्, ‘फिल्मले अहिलेको वर्तमान अवस्थालाई चित्रण गरेको छ । साथै सबै वर्गलाई समेटिएको छ । राजनीति, साथी, परिवार र प्रेमलाई बलियो गरी प्रस्तुत गरिएको छ ।’

‘माग्ने राजा’को नायक केदार घिमिरे ‘माग्ने बूढा’ हुन् । वर्षा र केदारको यो दोस्रो सहकार्य हो । उनीहरुले फिल्म ‘छक्का पञ्जा ५’मा सँगै अभिनय गरेका थिए ।

यो फिल्म आफू अनुबन्ध हुनको मुख्य कारण मध्ये एक केदार रहेको वर्षा बताउँछिन् । उनी भन्छन्, ‘केदार दाइसँग पहिलो पनि सहकार्य गरिसकेकाले यो फिल्ममा काम गर्न म तयार भएकी हुँ ।’

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  २ : ०५ बजे

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १सय ३२

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौं– रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई