गोरखाको विकटको पालिकामा टेलिमेडिसिन सेवा « Khabarhub

गोरखाको विकटको पालिकामा टेलिमेडिसिन सेवा


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा– विकट मानिने गोरखाको धार्चे गाउँपालिकामा श्रश्यदृश्यका माध्यमबाट स्वास्थ्य उपचार गरिने ‘टेलिमेडिसिन’ सेवा सुरु भएको छ । गाउँपालिका, वार्मनेष्ट फाउन्डेशन, रिन्युएवल वल्र्ड, गोरेटो गोरखा र प्रदेश अस्पताल गोरखाको सहकार्यमा उक्त सेवा सुरु गरिएको हो ।

ग्रामीण क्षेत्रको विशेषतः गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई लक्षित गरी उक्त सेवा सुरु गरिएको गोरेटो गारेखाको कार्यकारी निर्देशक पवनरवण खनालले बताए । उनका अनुसार संस्थाले हाल धार्चे गाउँपालिकाअन्तर्गतका सात वडामा रहेका सात स्वास्थ्यचौकीमा ‘टेलिमेडिसिन सेट’ स्थापना गरेर सेवा सञ्चालन गरेको छ ।

टेलिमेडिसिनको सेटमा एउटा क्यामेरा, टेलिभिजन, टेलिफोन र स्पिकर हुन्छ । धार्चेको सात वटा स्वास्थ्य चौकी र प्रदेश अस्पताल गोरखामा उक्त सेट स्थापना गरेर सेवा सुरु गरेका हौँ’, उनले भने, ‘ग्रामीणका बिरामीको स्वास्थ्यमा जटिलता आएमा वा स्वास्थ्य चौकीबाट सेवा सम्भव नभएमा टेलिमेडिसिनका माध्यमबाट सेवा लिन सकिन्छ ।’ धार्चेको स्वास्थ्यचौकीमा बिरामी उपचारका क्रममा केही समस्याहरु देखिएमा टेलिमेडिसिनका माध्यमबाट प्रदेश अस्पतालका विशेषज्ञसँग सिधै परामर्श लिन सकिने खनालले जानकारी दिए ।

‘धार्चेका जुनसुकै स्वास्थ्यचौकीमा उपचारका क्रममा केही समस्या देखिए सिधै प्रदेश अस्पतालमा सम्पर्क गर्न मिल्ने ‘सिस्टम’ छ । उताबाट आएको फोन अस्पतालको नर्सिङ स्टेशनले उठाउँछ समस्याअनुसार विषयगत डाक्टरसँग सम्पर्क गराइदिन्छ’, खनालले भने । 

टेलिमेडिसिन सेवाअन्तर्गत हाल स्वास्थ्यकर्मीको अभिमुखीकरण र केही सेटअपको काम भइरहेको उनले बताएका छन् । आगामी साउन १ गतेदेखि  प्रभावकारी रूपमा सेवा सञ्चालन हुने उनको भनाइ छ ।

टेलिमेडिसिन सेवाले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच कायम गरेको प्रदेश अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सिद्धार्थ खनालले बताए । 

उनका अनुसार जिल्लामा पहिलो पटक धार्चे गाउँपालिकामा टेलिमेडिसिनको व्यवस्थित प्रयोग सुरु गरिएको हो । यसका माध्यमबाट दुर्गम क्षेत्रका नागरिकले गाउँमा विशेषज्ञ डाक्टरको परामर्शसहित उपचार पाउने उनले जानकारी दिए । 

‘यसले डाक्टरलाई देखाउनकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्छ । भिडियो परामर्शका क्रममा विशेषज्ञ डाक्टरले आवश्यक भएमात्र बिरामीलाई बोलाउनुहुन्छ । नत्र गाउँमै  उपचार हुन्छ,  विशेषज्ञ डाक्टरले स्वास्थ्य चौकीका चिकित्सकलाई सहयोग गर्नुहुन्छ’, उनले भने ।

धार्चे गाउँपालिकामा सुरु भएको टेलिमेडिसिन सेवाले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई जोड दिएको सुपरिटेन्डेट खनालले बताए । भविष्यमा सेवा विस्तार योजना उनले सुनाए । 
 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : १९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक