शंकर पोखरेलविरुद्ध आक्रमक कर्ण थापा- अध्यक्ष ओलीलाई गुमराहमा राखेर आफैं मुखिया बन्न खोजेको आरोप « Khabarhub

शंकर पोखरेलविरुद्ध आक्रमक कर्ण थापा- अध्यक्ष ओलीलाई गुमराहमा राखेर आफैं मुखिया बन्न खोजेको आरोप


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पछिल्लो समय महासचिव शंकर पोखरेलविरुद्ध आक्रमक बनेका छन् ।

एमालेको राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट मानिने थापाले महासचिव पोखरेलको कार्यशैलीलाई लिएर आक्रमण अभिव्यक्ति दिइरहेका छन् ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको दुई लाइन संघर्ष बढ्न थालेको चर्चाबीच आइतबार पार्टी केन्द्रीय कार्यालयमा विधान महाधिवेशनसम्बन्धी भेला आयोजना गरिएको थियो ।

एमालेको सचिवालयद्वारा आयोजित भनिएको उक्त भेलामा महासचिव पोखरेलले एकोहोरो भाषण गरेर कार्यक्रम सकेको भन्दै थापाले आपत्ति जनाएका हुन् ।

एमालेभित्र अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी पक्षधरबीचको आन्तरिक लाइनको संघर्ष चुलिँदो अवस्थामा आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विधान महाधिवेशनसम्बन्धी भेलाले थप विवाद निम्त्याएको हो ।

पार्टी सचिवालयद्वारा आयोजित भनिएको भेलामा महासचिव पोखरेलले एकोहोरो भाषण गरेर कार्यक्रम समापन गरेको भन्दै नेतृ भण्डारी पक्षधर नेता थापाले तीव्र आपत्ति जनाएका छन्।

‘विधान महाधिवेशनसम्बन्धी भेला कार्यक्रम महासचिवको भाषणमा मात्रै सीमित भयो। कार्यालयले छापेका तीन फरक फरक विधानमा गरिएको फरेब बाँड्ने कार्यक्रम बनाइयो, तर यथार्थ कुरा राख्न अवसर दिइएन’, थापाले कडा शब्दमा भनेका छन् ।

उनले पार्टी पंक्तिमा भ्रम नफैलियोस् भनेर यति बोल्नु परेको बताएका छन् । यसअघि आइबार नै उनले अर्को सामाजिक सञ्जाल पोस्टमा दशौं महाधिवेशनपछि पार्टी अध्यक्षभन्दा महासचिवलाई केन्द्र मानेर कार्यालयमा गुटबन्दीको वातावरण बनाइएको आरोप लगाएका थिए । ‘अहिले पनि झूटो प्रसंसा गरेर अध्यक्षको रक्षक भएको ढोंग देखाउनेहरूको धम्कीपूर्ण भाषा नीति र पार्टीहित विपरीत छ’, उनले भनेका थिए ।

उनले नेतृत्वलाई गुमराहमा राखेर मुखिया बन्ने सपना देख्नेहरूलाई चेतावनी पनि दिए । ‘कसैलाई सधैं मुखिया हुन्छु भन्ने लागेको छ भने त्यो चिन्तनबाट मुक्त हुनुस्। म कठिन परिस्थितिमा पनि सत्य पक्षमा उभिएको छु । फेरि पनि सत्यको पक्षमा उभिइनेछ’, उनले भनेका छन् ।

थापाले सम्पूर्ण एमाले पंक्तिलाई गालीगलौज होइन, तथ्यमा आधारित बहसका आधारमा धारणा बनाउने अपिल गरेका छन्। यसले एमालेभित्रको गुटगत द्वन्द्व बढ्दै गएको संकेत गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : २५ बजे

नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं – पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार

रिंकुकुमारी हत्या प्रकरण : वडा सदस्यसहित १४ जनालाई कैद सजाय

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन

सरकारले भन्यो : वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गरिनेछ

काठमाडौं – सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा

रोल्पा जीप दुर्घटना अपटेड : मृतकको संख्या २० पुग्यो

दाङ – रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको