झापाबाट प्रधानमन्त्रीको घोषणा- ओलीबिनाको एमाले देख्ने चहाना पूरा हुँदैन | Khabarhub Khabarhub

झापाबाट प्रधानमन्त्रीको घोषणा- ओलीबिनाको एमाले देख्ने चहाना पूरा हुँदैन


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकता मजबुत बनाएर संकल्पसहित लाग्न सके अरूले हराउन नसक्ने बताएका छन् ।

एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई आइतबार दमकमा सम्बोधन गर्दै उनले लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका स्वार्थी नेताहरूले विगतमा विभाजन र पार्टी सिद्धयाउने षड्यन्त्र गरेको बताए ।

तर उक्त प्रयासविरुद्ध कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको उनले बताए ।

पछिललो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किएको घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका उनले आफूबिनाको एमाले देख्न नचाहने प्रतिक्रियावादीले खेल्न थालेको बताए ।

‘त्यो केपी ओलीबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल हो’, उनले भने, ‘पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्नुस् ।’

उनले एमालेबिनाको देश होस् भन्ने चाहना पनि पूरा नहुने बताए । ‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन’, उनले भने, ‘एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो ।’

उनले एमालेविरुद्ध जाल बुन्नेहरू सफल नहुने बताए । ‘माकुरोको जालोमा कहिल्यै भैंसी पर्दैन । हाम्राविरूद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन’, उनले भने, ‘हामी सहकारी ठगेर मुद्दा  झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन ।’

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : ३७ बजे

रास्वपाले वृहत राजनीति संवाद गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वृहत राजनीति संवाद गर्ने भएको

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २०

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल

‘स्टोरकिपर’ हाँस्दा रोएको सुशासन !

अघिल्लो सरकारको पालामा देशको विशिष्ट पदका व्यक्तिको विषयमा लेखिएको पुस्तकको

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

ढोरपाटन– रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क