तीन गीतविरुद्ध साइबर उजुरी, प्रियंका र तेजेन्द्र-निकिशाले अभिनय गरेको पनि पर्‍यो | Khabarhub Khabarhub

तीन गीतविरुद्ध साइबर उजुरी, प्रियंका र तेजेन्द्र-निकिशाले अभिनय गरेको पनि पर्‍यो


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली गीत–संगीतबाट विकृति फैल्याएको भन्दै तीनवटा गीतविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

धुव्र पुन र चन्द्रकुमारी शाहीले गाएको गीत ‘गाई कालो’, राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाले स्वर दिएको ‘सल्ला दमारमा’ तथा रामजी खाँड र शान्तिश्री परिवारले स्वर दिएको ‘लुकी लुकी’ गीतविरुद्ध उक्त संस्थाले आइतबार उजुरी दिएको हो ।

यी गीतहरू द्विअर्थी, अश्लील र सांस्कृतिक मर्यादाविपरीत रहेको उक्त संस्थाले ठहर गरेको छ । यी गीतहरूले मौलिकता, भाषा र सामाजिक मूल्य-मान्यतामा क्षति पुर्‍याएको दाबी उजुरी पत्रमा गरिएको छ।

‘लुकी लुकी’को भिडियोमा नायिका प्रियंका कार्की र मोडल सुनील क्षेत्रीले नृत्य गरेका छन् ।

संस्थाले ती गीतको भिडियोमार्फत् सामाजिक सद्भाव भड्काउनेका रुपमा तीन जनाको नाम उल्लेख गरेको छ । जसमा ‘कलौटे’ उपनामले सामाजिक सञ्जालमा भाइरल तेजेन्द्र, रितु बस्नेत र निकिशा श्रेष्ठ छन् । यी तीन जनाले गीत ‘गाई कालो’मा अभिनय गरेका छन् ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गीत र भिडियोमा संलग्न कलाकारलाई कानुनी कारबाही गर्न ब्युरोसँग माग गरेको छ । उनीहरूलाई फेरि यस्ता गीत निर्माण नगर्ने कबुलनामा गराउनसमेत संस्थाले माग गरेको छ ।

ती गीतहरू सामाजिक सञ्जालबाट हटाउन निर्देशन दिन पनि संस्थाले ब्युरोको ध्यानकर्षण गराएको छ ।

उजुरी :

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : ०५ बजे

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने