गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा « Khabarhub

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको तयारीमा जुटेको छ ।

सङ्घले आइतबार पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीबारे जानकारी गराएको हो । सङ्घको ११औँ अन्तरराष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा बद्री केसीको अध्यक्षतामा रहेको कार्यसमिति विधानतः कार्यरत रहेको सो समूहले जनाएको छ ।

सङ्घले सदस्यता सूचना प्रणाली (एमआइएस) प्रणालीमार्फत सदस्यता वितरण भइरहेको र हालसम्म ७२ हजार सदस्य बनिसकेका जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष केसीले लगभग पाँच हजार सदस्यको सदस्यता स्वीकृत हुन बाँकी रहेको बताए । उनले भने, ‘जापानबाट मात्रै १८ हजारभन्दा बढी सदस्य छन् । अष्ट्रेलियाबाट साढे १५ हजार सदस्य बनेका छन् ।  विभिन्न देशमा अझै सदस्यता थप्ने कार्य जारी छ र यो सङ्ख्या अझ बढ्दै छ ।’

अहिले राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मा राष्ट्रिय महाधिवेशन भइरहेको उल्लेख गर्दै अध्यक्ष केसीले हालसम्म १५ एनसिसीको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । उनले बाँकी देशमा अधिवेशन हुने क्रममा रहेको  र विधानतः जुलाई १ देखि ३१ सम्म राष्ट्रिय अधिवेशन गरिसक्नुपर्ने विधानतः बाध्यात्मक प्रावधान रहेको उल्लेख गरे ।

एनसिसीको अधिवेशनले १२औँ महाधिवेशनका लागि प्रतिनिधि निर्धारण गर्ने अवगत गराउँदै अध्यक्ष केसीले त्यसका लागि अन्तरराष्ट्रिय महाधिवेशन तयारी समितिका साथै निर्वाचन समिति, निर्वाचन अनुगमन समिति तथा न्यायिक समिति पनि गठन भइसकेको बताए ।

अन्तरराष्ट्रिय समन्वय परिषद् (सन् २०२३–२०२५ कार्यकाल) को  तीन महिना मात्रै बाँकी रहेको जिकिर गर्दै उनले सङ्घले स्थापनाकालदेखिका मुद्दालाई मुखरित गर्न नछाडेको उल्लेख गरे । सङ्घले हालको कार्यकालमा रु चार करोडभन्दा बढी रकम विभिन्न परोपकारी र मानवीय सहयोग कार्यमा खर्च गरेको जनाएको छ ।

यसैगरी, वैदेशिक रोजगारमा समस्यामा परेका श्रमिकको उद्धार तथा सामाजिक सुरक्षा र प्रवासी नेपालीको हितमा सङ्घले भूमिका निर्वाह गरेको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ७ : ४६ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज