खाल्डोमा डुबेर बालकको मृत्यु « Khabarhub

खाल्डोमा डुबेर बालकको मृत्यु


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका कुलेश्वर बस्ने दोलखा घर भएका ११ वर्षीय विवेश तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उक्त खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका तामाङको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैबीच, बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने दार्चुलाको महाकाली नगरपालिका–४ घर भएका ६२ वर्षीय भीमप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौँबाट २०८१ फागुन १२ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले महालक्ष्मी–५ इमाडोलबाट पक्राउ गरेको हो ।

निरौलालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ४१ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार