साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो « Khabarhub

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना र साइबर ब्यूरोमा परेको उजुरीका सन्दर्भमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्।

खाँणले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “हिजोदेखि ‘नयाँ गीत आयो’ भन्दै लुकीलुकी सेयर गरिएको, आज आएर ‘तीजमा विकृति र अश्लीलता ल्यायो’ भनेर उजुरी परेछ।” उनले स्पष्ट पारेका छन् कि विवादित भनिएको गीत तीज गीत होइन, न त दोहोरी नै, बरु एक पृथक धारको गीत हो।

उनका लेखेका छन्।, “केही साथीहरूले त्यो गीतलाई तीज गीत भनेर दर्ता गराएका रहेछन्, तर वास्तविकतामा त्यो तीजका लागि बनाइएको गीत होइन। मलाई भिडियो हेरेर अलि अलि डर लागेको थियो, स्वीमिङपुल वाला क्लिपले अलि झस्काएको हो। कुरो त्यो होइन रहिछ, उजुरी हाल्नेहरूलाई रामजी खाँणको नाम चाहिएको रहेछ।”

खाँणको उक्त गीतमा स्वीमिङ पूल, आकर्षक दृश्य र केही बोल्ड संवादहरू समावेश गरिएका छन्, जसले कतिपय दर्शकको दृष्टिमा ‘तीज गीत’ सन्दर्भमा असहज महसुस गराएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १० : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै