एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने  « Khabarhub

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रिपरिषदले प्रोत्साहन स्वरुप ढाँटलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए । यस्तै, ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने भएको छ ।

प्रधानमन्त्री ओलीले नेपाललाई पहिलो पटक उपाधि दिलाउन सफल भएकोमा ढाँटलाई फेरि पनि बधाई दिएका छन् ।

एक साताअघि भएको प्रतियोगितामा ढाटले भारतीय फाइटर चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिपको टाइटल जितेका थिए ।

यो ऐतिहासिक जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : १८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क