देशभरी २८ हजार ७१८ कैदीबन्दी छन् : गृह मन्त्री « Khabarhub

देशभरी २८ हजार ७१८ कैदीबन्दी छन् : गृह मन्त्री


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् ।

संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ हजार ४ सय २७ जना रहेका छन भने महिला १ हजार ५ सय ५० जना रहेको अवस्था छ भने अहिले पुरुष बन्दी नै २७ हजार १६८ जना रहेका छन ।

सबैभन्दा बढी बन्दी बलात्कारका मुद्दामा रहेका छन्, जसअनससार जबर्जस्ती करणीतर्फ २५.५४, लागूऔषध २४.३७, कर्तव्य ज्यानतर्फ १६.१२, सवारी अंगभंगतर्फ ४.१६, चोरी १३.८२ प्रतिशत कैदीबन्दी रहेका छन ।

देशभरका ७५ वटा कारागार रहेको जानकारी दिँदै गृह मन्त्री लेखकले कैदीबन्दी राख्ने कुल क्षमता १८ हजार मात्रै रहेको पनि जनाए । उनका अनुसार कैदीबन्दीलाई सात सय ग्राम चामल र दैनिक ८० रुपैयाँ दिइने गरिएको  छ।

प्रतिबन्दी वर्षको दुई जोर कपडा खरिद गर्न २५ सय, सिरक डस्ना किन्न प्रतिबन्दी ३ हजार वितरण गर्ने गरिएको छ । ‘बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिँदै आइएको छ,’ लेखकले भने । 
 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १२ : ३० बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल