भिजिट भिसा प्रकरणमा राप्रपाको माग : पूर्वप्रधानन्याधीश श्रेष्ठ वा कार्कीलाई छानबिन समितिको अध्यक्ष बनाऔं « Khabarhub

भिजिट भिसा प्रकरणमा राप्रपाको माग : पूर्वप्रधानन्याधीश श्रेष्ठ वा कार्कीलाई छानबिन समितिको अध्यक्ष बनाऔं


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ वा सुशीला कार्की मध्ये कुनै एक जनाको अध्यक्षतामा भिजिट भिसा प्रकरणको छानबिनका लागि न्यायिक आयोग गठनको प्रस्ताव गरेको छ । 

प्रतिनिधिसधाको बुधबारको बैठकको सुरुवातपछि सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै राप्रपा सांसद दिपकबहादुर सिंहले श्रेष्ठ वा कार्कीको अध्यक्षतामा न्यायिक आयोग गठनको प्रस्ताव गरेका हुन् ।  

‘यो संसद्का सबै सम्पूर्ण माननीयज्यूसँग म अनुरोध गर्न चाहन्छु– कल्याण श्रेष्ठ या सुशीला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरौँ,’ उनले भने, ‘यदि बद्मासी कसैले गरेको छ भने सजाय उसले पाउनुपर्छ । जसले बदमासी गरेको छैन, जस्तो सुकै आयोग गर्दाखेरि पनि के फरक पर्ने छ ?’

सांसद सिंहले न्यायिक आयोग नबन्दासम्म राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिने पनि बताए । ‘त्यही कारणले यदि यो बन्न सक्दैन भने निरन्तर राप्रपाले बिना भत्ता हामी बहिष्कार गर्नेछौँ ।’ उनले भने । 

राप्रपा सांसद सिंह अघि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीलाई अनुमति दिएका थिए । उनले पनि संसदीय समिति वा न्यायिक आयोग गठन नहुँदासम्म रास्वपाले संसद् बहिष्कार गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ३० बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक