नीताको ‘पार्वती’मा दीपाश्री अनुबन्ध « Khabarhub

नीताको ‘पार्वती’मा दीपाश्री अनुबन्ध


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गानको निर्देशनमा बन्ने भनिएको फिल्मको शीर्ष भूमिकामा कलाकार दीपाश्री निरौला अनुबन्ध भएकी छन् । दीपाश्री अनुबन्ध भएको निर्माण पक्षले बुधबार सार्वजनिक गरेको हो ।

केही महिना अगाडिदेखि फिल्ममा अनुबन्ध हुने मौखिक सहमतिलाई मंगलबार कागजी स्वरुप दिएको नीताले बताइन् ।

नीता र दीपालो फिल्म ‘६ एकान ६’मा सहकार्य गरेका थिए । उक्त फिल्मको निर्माता दीपाश्री थिइन् भने नायिका नीता थिइन् । त्यो टेलिभिजन छाडेर ‘छक्का पञ्जा’ टिमले बनाएको पहिलो फिल्म थियो ।

त्यसमा अभिनय गरेर नीताले गुन लगाएको दीपाको भनाइ छ । नीताले जस्तै आफूले पनि सहयोग गर्ने उनले बताइन् ।

‘६ एकान ६’ प्रदर्शनमा आएको ०७० सालमा प्रदर्शनमा आएको थियो । १२ वर्षपछि नीता र दीपाले सहकार्य गर्ने भएका हुन् । दीपा भन्छिन्, ‘१२ वर्षपछि खोला फर्किएको छ ।’

गत जनै पूर्णिमाको अवसर पारेर नीताले पार्वती निर्माणको घोषणा गरेकी थिइन् । अनाउन्समेन्ट पोस्टरमा नीता फिचर्ड छिन् । अर्थात्, फिल्ममा नीताको पनि अभिनय रहेनेछ ।

यो फिल्म नीताकै ब्यानर ‘नीता फिल्मस्’बाट बन्ने बताइएको छ । यसको कथा नीता आफ्नै हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ३३ बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको