पक्राउ परेकी दक्षिण कोरियाली पूर्वप्रथम महिला बस्ने जेलमा पङ्खा छ, एसी छैन | Khabarhub Khabarhub

पक्राउ परेकी दक्षिण कोरियाली पूर्वप्रथम महिला बस्ने जेलमा पङ्खा छ, एसी छैन


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम किओन हीलाई पूँजी बजार प्रभावित गर्ने र भ्रष्टाचारलगायत विभिन्न अभियोगमा मङ्गलबार राति पक्राउ गरिएको छ । सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ५२ वर्षीय किमविरुद्ध पक्राउ पुर्जी जारी गर्न अभियोजकहरूको अनुरोधको पुनरावलोकन गरेको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो ।

अभियोजकहरूले किमको कथित ‘गैरकानूनी कार्य’ बारे ८४८ पृष्ठ लामो राय पेश गरेपछि प्रमाण नस्ट गर्न सक्ने खतरा रहेको भन्दै पक्राउ पूर्जी जारी गरिएको हो । उनको पक्राउसँगै दक्षिण कोरियाको इतिहासमा पहिलो पटक एक पूर्वराष्ट्रपति र प्रथम महिला जेलमा परेका छन् ।

किममाथि लगाइएको अभियोगमा पूँजी बजार र वित्तीय लगानीसम्बन्धी कानूनका साथै राजनीतिक कोषसम्बन्धी कानूनको उल्लङ्घन गरेको पनि उल्लेख छ । गत डिसेम्बर ३ मा पूर्व राष्ट्रपति युन सुक योलले संसदमा सैनिक तैनाथ गरी संसदीय प्रक्रिया अवरूद्ध पार्न खोजेको तर विपक्षी सांसदहरूले सुरक्षाकर्मीको हस्तक्षेपका बाबजुद् संसदमा प्रवेश गरी उनको गैर–कानूनी कदमविरूद्ध मतदान गरेका थिए ।

उनीविरूद्ध पछि महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो भने महाभियोगको प्रस्ताव दुई तिहाई मतले पारित भएपछि उनलाई पक्रउ गरिएको थियो । पूर्वराष्ट्रपति योलले आश्चर्यजनक सैनिक शासन घोषणा गरेपछि भएको यो गिरफ्तारी दक्षिण कोरियाको इतिहासमा नै पूर्वराष्ट्रपति र पूर्वप्रथम महिला दुबैजना बन्दी बनेको पहिलो घटना हो ।

पूर्वउच्च अभियोजकसमेत रहेका पूर्वराष्ट्रपति यूनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो र मार्शल ल को घोषणाको कारण पदबाट हटाइएको थियो । उनको पक्राउपछि रिक्त रहेको राष्ट्रपति पदका लागि जूनमा मध्यावधि चुनाव भएको थियो ।

पूर्वराष्ट्रपति यून जुलाई १० देखि पक्राउ परेका छन् र अहिले हिरासतमा छन् । बुधबार सरकारी वकिलको कार्यालय पुगेकी किमले भनिन्, “कुनै महत्वको व्यक्ति नभए पनि राष्ट्रको लागि समस्या सिर्जना गरेको भए म क्षमा याचना गर्दछु ।”

पूँजी बजार हेरफेरमा भूमिका खेलेको विवादले लामो समयदेखि किमलाई घेरेको छ । सन् २०२२ मा एक जना बामपन्थी पास्टरले उनलाई दिएको डायर ह्यान्डब्याग उपहारसहितको भिडियो खिचेपछि सार्वजनिक आलोचना सुरु भएको थियो ।

उनीमाथि युनको पार्टीमा सांसदहरूको मनोनयन प्रक्रियामा हस्तक्षेप गरेको आरोप पनि लगाइएको छ, जुन निर्वाचन कानूनको उल्लङ्घन हो । राष्ट्रपतिका रूपमा युनले विपक्षी नियन्त्रित संसदले पारित गरेका तीन वटा विशेष अनुसन्धान विधेयकमा भिटो लगाएका थिए । जसमा किममाथि लागेको आरोपको छानबिन गर्न खोजिएको थियो । त्यसको एक हप्तापछि युनले असफल सैनिक शासनको घोषणा गरेका थिए ।

जेलको नियमअनुसार किमले आफ्नो सामान्य लुगाबाट जेलको खाकीको कपडा लगाउनुपर्नेछ भने कैदीको नम्बर पनि तोक्नु पर्नेछ । दक्षिण कोरियामा गर्मीको लहर चलिरहँदा पूर्वप्रथम महिलालाई १० वर्ग मिटर (१०७ वर्ग फिट) को एकान्त कक्षमा राखिएको छ, जसमा पङ्खा छ तर वातानुकूलन (एसी) छैन ।

जेलको आधिकारिक तालिका अनुसार उनलाई रोटी, जाम र ससेजसहित नियमित ब्रेकफास्ट दिइएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार उनको कोठामा खान र पढ्नका लागि एउटा सानो टेबल, एउटा शेल्फ, एउटा सिङ्क र एउटा शौचालय छ, तर ओछ्यान छैन ।

उनलाई सामान्यतया उनका पतिसरह नै कैदी गृहमा राखिने भए तापनि अभियोजकहरूले सोमबार उनलाई २० किलोमिटर टाढाको छुट्टै हिरासतमा राख्न अनुरोध गरेका थिए।

पक्रउ पूर्जी जारी भएपछि प्रथम महिलाको पूर्वराष्ट्रपतिको परिवारका लागि दिइएको सुरक्षा सेवाको सुरक्षा तुरुन्तै समाप्त गरिएको थियो । कानुनविद् किम नाम–जुले एएफपीसँग कुरा गर्दै अभियोजनकर्ताले किमलाई २० दिनसम्म थुनामा राख्न सकिने बताएका छन् ।

वकिल नाम–जुले भने, “किममाथि अभियोग अनुसार उनलाई कम्तीमा छ महिनासम्म हिरासतमा राख्न सकिनेछ ।’’ पूर्वप्रथम महिलाले वारेन्टलाई गैरकानूनी भन्दै अदालतमा चुनौती दिन सक्ने व्यवस्था दक्षिण कोरियाको कानूनी प्रावधान छ । वकिल नाम–जुले भने, “तर हालको परिस्थितिलाई हेर्दा, प्रमाण नष्ट हुने उच्च जोखिम देखिन्छ, जसले गर्दा वारेन्ट रद्द हुने र व्यक्तिलाई रिहा गर्ने सम्भावना कम हुन्छ ।”

“अर्को विकल्प जमानत हो, तर प्रमाण नष्ट गर्नेबारे चिन्ता भएको अवस्थामा यो अनुमति पनि दिइएको छैन ।’’

रासस

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : २३ बजे

मन्त्रालयको काम प्रभावकारी बनाइएको छ : उद्योगमन्त्री

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सङ्घ, प्रदेश र

संसद्‍मा उर्जामन्त्रीको जवाफ- विद्युत् उत्पादनलाई निरन्तरता दिएका छौँ, लोडसेडिङको कुरा निरर्थक

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको

बाँकेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

बाँके– राप्ती सोनारी गाउँपालिका-२ मुगुवा खोला नजिकै सडकमा ना.५ ख ३६१०

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी छ : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण

तीस हजारभन्दा बढी अफगान स्वदेश फिर्ता

क्वेट्टा- पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा