टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा « Khabarhub

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन–३ आगामी भदौको पहिलो साता हुने भएको छ ।

अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधान र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जनाइएको छ । विभिन्न चार राष्ट्रका खेलाडी सहभागी हुने उक्त लिगमा विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबहरूले प्रतिस्पर्धा गर्दै आएका छन् ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा २०८० सालदेखि यो प्रतियोगिता निरन्तर हुँदै आएको छ ।

प्रतियोगितामा याला टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभिएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्र्ड हाउस रेस्ट्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कूल १० क्लबहरू सहभागी हुने आयोजकले जनाएको छ । 

 पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरे पनि यसपल्ट टोलीको सहभागिता बढाइएको छ । एकेडेमीकी प्रबन्ध निर्देश नविता श्रेष्ठले डिजिटल लाइटका साथै खेल स्थललाई आकर्षक बनाइने बताए। 

उनले चीन, भारत, पाकिस्तान र ताइवानका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्ने बताए। हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन् । 

लिग विजेताले तीन लाखसहित रनिङ ट्रफी तथा उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रो हुने दुई टोलीले जनही ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि एभिएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन भएका थिए । यसपल्ट भने प्रहरी सहभागी छैन ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : ०१ बजे

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा