आधाभन्दा धेरै कर्मचारीले पोर्चुगलमा सम्पत्ति जोडे : पाकिस्तानी रक्षामन्त्री आशिफ « Khabarhub

आधाभन्दा धेरै कर्मचारीले पोर्चुगलमा सम्पत्ति जोडे : पाकिस्तानी रक्षामन्त्री आशिफ


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानका रक्षामन्त्री ख्वाजा आशिफले आफ्नो मुलुकको कर्मचारीतन्त्रको चर्को आलोचना गरेका छन् । उनले पाकिस्तानी कर्मचारीतन्त्रका आधाभन्दा धेरै सदस्यले पोर्चुगलमा घरजग्गा खरिद गरेको दाबी गरेका छन् ।

उनले विदेशमा सम्पत्ति जोड्नेहरुले पाकिस्तानको नागरिकता त्याग्न समेत तयार रहेको आरोप लगाए । द न्यूज पाकिस्तानका अनुसार आशिफले आफ्नो मुलुकमा धेरै नाम चलेका कर्मचारीले समेत विदेशमा सम्पत्ति किनेको दाबी गरेका छन् ।

भ्रष्टाचारबाट पाकिस्तानमा कमाएको अकुत सम्पत्ति विदेशमा लगानी गरी कर्मचारीहरुले सहज रिटायरको योजना बनाएको पनि आशिफको आरोप छ । राजनीतिक नेताहरुले विदेशमा कुनै सम्पत्ति नजोड्ने र विदेशी नागरिकताको अपेक्षा पनि नगर्ने उनको दाबी छ ।

उनले कतिपय अवस्थामा सरकार र राजनीतिक नेताहरु नै कर्मचारीतन्त्रको भरमा चल्नुपरेको विडम्बना पनि सुनाए । उनले कर्मचारीहरुको यस्तो व्यवहारलाई ‘शर्मनाक’ को संज्ञा दिँदै उनीहरुले देशको माटो प्रदूषित गरिरहेको टिप्पणी गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : ३५ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक