आधाभन्दा धेरै कर्मचारीले पोर्चुगलमा सम्पत्ति जोडे : पाकिस्तानी रक्षामन्त्री आशिफ « Khabarhub

आधाभन्दा धेरै कर्मचारीले पोर्चुगलमा सम्पत्ति जोडे : पाकिस्तानी रक्षामन्त्री आशिफ


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानका रक्षामन्त्री ख्वाजा आशिफले आफ्नो मुलुकको कर्मचारीतन्त्रको चर्को आलोचना गरेका छन् । उनले पाकिस्तानी कर्मचारीतन्त्रका आधाभन्दा धेरै सदस्यले पोर्चुगलमा घरजग्गा खरिद गरेको दाबी गरेका छन् ।

उनले विदेशमा सम्पत्ति जोड्नेहरुले पाकिस्तानको नागरिकता त्याग्न समेत तयार रहेको आरोप लगाए । द न्यूज पाकिस्तानका अनुसार आशिफले आफ्नो मुलुकमा धेरै नाम चलेका कर्मचारीले समेत विदेशमा सम्पत्ति किनेको दाबी गरेका छन् ।

भ्रष्टाचारबाट पाकिस्तानमा कमाएको अकुत सम्पत्ति विदेशमा लगानी गरी कर्मचारीहरुले सहज रिटायरको योजना बनाएको पनि आशिफको आरोप छ । राजनीतिक नेताहरुले विदेशमा कुनै सम्पत्ति नजोड्ने र विदेशी नागरिकताको अपेक्षा पनि नगर्ने उनको दाबी छ ।

उनले कतिपय अवस्थामा सरकार र राजनीतिक नेताहरु नै कर्मचारीतन्त्रको भरमा चल्नुपरेको विडम्बना पनि सुनाए । उनले कर्मचारीहरुको यस्तो व्यवहारलाई ‘शर्मनाक’ को संज्ञा दिँदै उनीहरुले देशको माटो प्रदूषित गरिरहेको टिप्पणी गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : ३५ बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा