पाकिस्तानी सेनाको कारवाहीका कारण ५५ हजार विस्थापित, ४ लाख घेराबन्दीमा « Khabarhub

पाकिस्तानी सेनाको कारवाहीका कारण ५५ हजार विस्थापित, ४ लाख घेराबन्दीमा


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बजौर क्षेत्रमा सैन्य कारवाहीका कारण ५५ हजार जना विस्थापित भएका छन् । अधिकारीहरुले एक्कासी कर्फ्यू जारी गरेपछि सो क्षेत्रमा अरु ४ लाख जना घेराबन्दीमा परेका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार खैबर पख्तुनख्वा प्रान्तका विधायक निसार बाजले सैनिक कारवाहीका कारण ५५ हजार जना घर छाडेर भाग्न बाध्य भएको जनाएका छन् ।

सुरक्षा बैठकमा बोल्दै उनले यसरी विस्थापित भएकाहरुलाई स्वास्थ्य, खाद्यान्न, खानेपानीजस्ता अत्यावश्यक सेवा र वस्तुको अभाव भइरहेको उल्लेख गरेका छन् ।

विस्थापितलाई सहयोग गर्न सरकारले कुनै कदम नचालेको उनको आरोप छ । उनले कर्फ्यू आदेश स्थगित गरी विस्थापितलाई घर फर्किने वातावरण बनाउन पनि आग्रह गरेका छन् ।

पाकिस्तानी सेनाले सो क्षेत्रमा आतंकवादीविरुद्ध सैन्य कारवाही सञ्चालन गरिरहेको छ । पाकिस्तानी सेनाले सञ्चालन गर्ने यस्ता कारवाहीमा प्रायः स्थानीयहरु पीडित हुँदै आएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : २३ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा