पाकिस्तानी सेनाको कारवाहीका कारण ५५ हजार विस्थापित, ४ लाख घेराबन्दीमा « Khabarhub

पाकिस्तानी सेनाको कारवाहीका कारण ५५ हजार विस्थापित, ४ लाख घेराबन्दीमा


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बजौर क्षेत्रमा सैन्य कारवाहीका कारण ५५ हजार जना विस्थापित भएका छन् । अधिकारीहरुले एक्कासी कर्फ्यू जारी गरेपछि सो क्षेत्रमा अरु ४ लाख जना घेराबन्दीमा परेका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार खैबर पख्तुनख्वा प्रान्तका विधायक निसार बाजले सैनिक कारवाहीका कारण ५५ हजार जना घर छाडेर भाग्न बाध्य भएको जनाएका छन् ।

सुरक्षा बैठकमा बोल्दै उनले यसरी विस्थापित भएकाहरुलाई स्वास्थ्य, खाद्यान्न, खानेपानीजस्ता अत्यावश्यक सेवा र वस्तुको अभाव भइरहेको उल्लेख गरेका छन् ।

विस्थापितलाई सहयोग गर्न सरकारले कुनै कदम नचालेको उनको आरोप छ । उनले कर्फ्यू आदेश स्थगित गरी विस्थापितलाई घर फर्किने वातावरण बनाउन पनि आग्रह गरेका छन् ।

पाकिस्तानी सेनाले सो क्षेत्रमा आतंकवादीविरुद्ध सैन्य कारवाही सञ्चालन गरिरहेको छ । पाकिस्तानी सेनाले सञ्चालन गर्ने यस्ता कारवाहीमा प्रायः स्थानीयहरु पीडित हुँदै आएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : २३ बजे

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई