पाकिस्तानको कराँचीका सार्वजनिक अस्पतालमा चरम सङ्कट « Khabarhub

पाकिस्तानको कराँचीका सार्वजनिक अस्पतालमा चरम सङ्कट


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको कराँचीका सार्वजनिक अस्पतालमा चरम सङ्कट देखा परेको छ । कराँचीको अस्पतालमा शैय्या, भेन्टिलेटर र चिकित्सकको अभाव देखा परेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार अस्पतालको यस्तो अवस्थाबाट स्थानीय बासिन्दासहित बिरामीहरु समस्यामा परेका छन् । कराँचीका मुख्य अस्पतालमा केबल ६ हजार ५ सय शैय्या र २ सय ५० भेन्टिलेटरहरु छन् ।

तर, ती शैय्याका लागि पर्याप्त उपकरण छैनन् । जिन्ना अस्पतालका प्रवक्ता जाहाङ्गीर दुर्रानीका अनुसार कर्मचारी अभावले अस्पतालका अधिकांश आईसीयू युनिट निष्क्रिय छन् ।

छातीरोगको आईसीयूमा १५ मध्ये ५ शैय्या र शल्यक्रिया आईसीयूमा २१ मध्ये ८ शैय्या मात्र सञ्चालनमा छन् ।

कराँचीका जिल्ला अस्पतालहरूमा ६० प्रतिशत शैय्या भरिएका छन् । तर, प्यारामेडिकल कर्मचारी, नर्स र विशेषज्ञ चिकित्सकको कमी छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : २० बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित