पाकिस्तानको कराँचीका सार्वजनिक अस्पतालमा चरम सङ्कट « Khabarhub

पाकिस्तानको कराँचीका सार्वजनिक अस्पतालमा चरम सङ्कट


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको कराँचीका सार्वजनिक अस्पतालमा चरम सङ्कट देखा परेको छ । कराँचीको अस्पतालमा शैय्या, भेन्टिलेटर र चिकित्सकको अभाव देखा परेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार अस्पतालको यस्तो अवस्थाबाट स्थानीय बासिन्दासहित बिरामीहरु समस्यामा परेका छन् । कराँचीका मुख्य अस्पतालमा केबल ६ हजार ५ सय शैय्या र २ सय ५० भेन्टिलेटरहरु छन् ।

तर, ती शैय्याका लागि पर्याप्त उपकरण छैनन् । जिन्ना अस्पतालका प्रवक्ता जाहाङ्गीर दुर्रानीका अनुसार कर्मचारी अभावले अस्पतालका अधिकांश आईसीयू युनिट निष्क्रिय छन् ।

छातीरोगको आईसीयूमा १५ मध्ये ५ शैय्या र शल्यक्रिया आईसीयूमा २१ मध्ये ८ शैय्या मात्र सञ्चालनमा छन् ।

कराँचीका जिल्ला अस्पतालहरूमा ६० प्रतिशत शैय्या भरिएका छन् । तर, प्यारामेडिकल कर्मचारी, नर्स र विशेषज्ञ चिकित्सकको कमी छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : २० बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका