देउवामाथिको हातपात जघन्य अपराध, भौतिक संरचना जलाएर कांग्रेसको विचार मर्दैन : डा. शेखर « Khabarhub

देउवामाथिको हातपात जघन्य अपराध, भौतिक संरचना जलाएर कांग्रेसको विचार मर्दैन : डा. शेखर


२८ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गरेका छन् ।

उनले जेन–जी आन्दोलनले ल्याएको नयाँ राजनीतिक सम्भावनालाई आत्मसात गर्दै कांग्रेसले भावी दिनमा जनताको विश्वास जित्ने गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

कोइरालाले भनेका छन्, ‘समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्र निर्माणमा कांग्रेस समर्पित हुनेछ भन्ने प्रण गर्छौँ ।’

जेन–जी आन्दोलनको ऊर्जा र चेतनाले दुई ठूला दललाई सत्ताबाट बाहिर पठाएको यथार्थलाई आत्मालोचनासहित कांग्रेसले नयाँ दृष्टिकोणसहित अघि बढ्नुपर्ने उनले बताएका छन् ।

भाद्र २४ गते आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको हातपात र लुटपाटलाई उनले ‘जघन्य अपराध’ भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

त्यस्तै, भाद्र २३–२४ गते भएको सार्वजनिक सम्पत्ति नष्ट गर्ने गतिविधिलाई उनले कुनै हालतमा स्वीकार्य नभएको बताए ।

उनले कांग्रेसका अगुवा नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको योगदान स्मरण गर्दै पार्टीले नयाँ परिस्थितिमा नेतृत्व, सङ्गठन र विचारमा नयाँपन ल्याउनुपर्ने आवश्यकतामा जोड दिए । दशैँलगत्तै देशव्यापी छलफल र बहसमा सहभागी हुने योजनाबारे पनि उनले जानकारी गराए ।

कोइरालाले भर्खरै जलेको विराटनगरस्थित ऐतिहासिक ‘कोइराला निवास’ बारे पनि प्रतिक्रिया दिँदै भने, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न ।’

उनले कांग्रेसलाई ‘जनताको केन्द्रमा बस्ने’ पार्टी बनाउन सबै कार्यकर्तालाई अपिल गर्दै बीपी कोइरालाको भनाइ उद्धृत गरे,  ‘नेपाल पक्कै ब्युँझिन्छ, जय नेपालको नाराले ।



प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ११ : ०५ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद