प्रधानमन्त्रीलाई उपप्रमुख डंगोलको सुझाव : जेन–जीलगायतको भावना अनुरूप काम गर्नुहोला « Khabarhub

प्रधानमन्त्रीलाई उपप्रमुख डंगोलको सुझाव : जेन–जीलगायतको भावना अनुरूप काम गर्नुहोला


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै जेन–जीलगायत समस्त न्यायप्रेमी जनताको भावनाअनुरूप काम गर्न आग्रह गरेकी छिन् ।

उपप्रमुख डंगोलले प्रधानमन्त्री कार्कीलाई निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा अघि बढ्न सुझाव दिएकी छिन् ।

उनले भनेकी छिन्– ‘नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । यो तपाईंका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन–जीलगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरूप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो ।’

उनले नयाँ पुस्ताको आकाङ्क्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै गहन जिम्मेवारीलाई सफल ढङ्गले अघि बढाउन पनि आग्रह गरेकी छिन् ।

उनले भनेकी छिन्– ‘नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।’ 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ११ : २४ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी