जनकपुरधामसहित धनुषाको जनजीवन सामान्य हुँदै « Khabarhub

जनकपुरधामसहित धनुषाको जनजीवन सामान्य हुँदै


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जेन-जीको प्रदर्शन तथा आन्दोलनका कारण तनावग्रस्त रहेको मधेस प्रदेशको राजधानी जनकपुरसहित धनुषाको जनजीवन सामान्य बन्दै गएको छ । साथै सुरक्षा व्यवस्थामा क्रमिक सुधार हुँदै गएको छ ।

आजदेखि जनकपुरधामको बजारका पसल खुल्न थालेका छन् । साथै बजारमा किनमेलका लागि चहलपहल बढेको छ । जानकी मन्दिरमा पूजापाठ र दर्शन गर्नेको सङ्ख्या बढ्दै गएको त्यहाँका पुजारीले जनाएका छन् ।

साथै बजारमा सरकारी गाडीबाहेक निजी तथा भाडाका ठूला र साना सवारिसाधन चल्न थालेका छन् । आन्दोलनकारीबाट तोडफोड तथा आगजनी भएका जिल्ला प्रशासन कार्यालय धनुषासहित सरकारी कार्यालय तथा सार्वजनिक भवन एवं मधेस प्रदेश भवनअन्तर्गत रहेका प्रदेश मन्त्रालयका भवनको सरसफाइ भइरहेको छ ।

असुरक्षाका कारण खाली भएका प्रहरी चौकीमा सुरक्षाकर्मी फर्किन थालेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षाको अवस्था सामान्य हुँदै गएकाले आइतबारबाट  सार्वजनिक सेवा अनिवार्य रुपमा सञ्चालन गर्न सूचना जारी गरेको छ । साथै आआफ्नो कार्यालयको क्षति विवरण संकलन तथा प्रमाणित गरी अभिलेख कायम गर्न अनुरोध गरेको सूचनामा जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालयको सबै सेवा सुरु भए पनि राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा हाल सञ्चालन नहुने सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालद्वारा सूचनामा उल्लेख गरिएको छ । 

सार्वजनिकस्थल तथा सार्वजनिक कार्यालयमा कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनासहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली बजारका विभिन्न स्थानमा खटिएका छन् । 

जेन-जीको आन्दोलनमा करिब दुई दर्जनभन्दा बढी सरकारी तथा सार्वजनिक र राजनीतिक दलका नेता तथा पार्टीका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १२ : २० बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका