मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती « Khabarhub

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आइरहेको छ । यस वर्ष यहाँका पाँच पालिकामा गरिएका आलु उत्पादनको प्रारम्भिक सर्वेक्षणअनुसार शून्य दशमलव शून्य नौ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आव २०८२-८३ मा यहाँका पाँचै पालिकाको कूल ४७० हेक्टर आलु उत्पादन क्षेत्रमा आठ हजार ४९६ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिए । यस वर्षको आलु उत्पादकत्व  १८ दशमलव ४७ प्रति हेक्टर रहने केन्द्र प्रमुख गुरुङले उल्लेख गरे।
 
गत आव २०८१-८२ मा यहाँ ४६० हेक्टर क्षेत्रफलमा आठ हजार ४५४ मेट्रिकटन आलु उत्पादन भएको थियो । गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्र प्रमुख गुरुङका अनुसार गत वर्षको तुलनामा यस वर्ष ४१ दशमलव शुन्य दुई प्रतिशत आलु उत्पादन हुने जनाइएको छ ।

उच्च भूगोल र यहाँको चिसो शीतोष्ण हावापानीमा उत्पादन हुने आलु स्वादिलो र पोषिलो हुने गर्छ । यसैले यहाँको मुस्ताङी आलु सहज-बजारका उपभोक्ता रुचाउने गर्छन् । चिसो हावापानी र हिउँले सिञ्चित यहाँको खेतीयोग्य जमिनमा उत्पादन हुने विषादीरहित जैविक हुने भएकाले उपभोक्ता यहाँको आलुप्रतिको आकर्षण बढ्दो रहेको छ । यहाँ स्याउ बगैँचाभित्र किसानले अन्तरबालीका रुपमा आलुखेती गर्दै आइरहेको पाइन्छ ।

यहाँ सबैभन्दा बढी उपल्लो मुस्ताङ र बारागुङ मुक्तिक्षेत्रमा उत्पादन हुने आलुलाई थप विशेष महत्व दिने गरिएको छ । समुद्री सतहको दुई हजार ७०० मिटर माथिको क्षेत्रमा उत्पादन हुने भएकाले स्थानीयको आकर्षण उपल्लो मुस्ताङको आलुतर्फ बढेको हो । त्यसो त घरपझोङ र थासाङमा पनि किसानले आलुखेतीलाई विशेष महत्व दिएर खेती गर्दै आइरहेको पाइएको छ ।

मुस्ताङको तल्लो क्षेत्रमा किसानले फागुनमा आलुको बीउ रोपेर भदौ महिनामा आलु निकाल्न थाल्छन् । उपल्लो मुस्ताङमा चैत-वैशाखमा आलुको बीउ रोपेर असोज-कात्तिकमा खेतबारीबाट आलु खन्न सुरु गर्छन् । नगदेबाली भएको र सडक यातायातको सहज पहुँच भइसकेकाले यहाँ उत्पादित आलुको बजारीकरणमा कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
    
यहाँ विकासे आलु र स्थानीय परम्परागत लोकल सेतो आलु उत्पादन हुने गरेको केन्द्र प्रमुख गुरुङको भनाइ छ । यहाँ विकास रातो आलु आंशिक उत्पादन हुने गरे पनि यहाँका किसानले बढीमात्रामा स्थानीय सेतो आलुको खेती गर्ने गरेको गुरुङले उल्लेख गरे।

यहाँ उत्पादन हुने आलु ६० प्रतिशत जिल्ला बाहिर निकासी हुने गरेको केन्द्रले बताएको छ । बाँकी ३० प्रतिशत आलु यही घरायसी प्रयोजन तथा होटल रेष्टुरेन्टमा खपत हुने र उत्पादित १० प्रतिशत आलुको बीउका रुपमा स्थानीय किसानले बिक्रीवितरण गर्ने गरेको केन्द्र प्रमुख गुरुङले बताए।

घरपझोङ–५ ठिनीका किसान महेन्द्र थकालीले यहाँ किसानले उत्पादन गर्ने आलु सहजै बिक्री हुने गरेको बताए। उनले प्रतिपाथी यहाँको आलु रु २०० मा बिक्री भएको उल्लेख गरे। 

‘आलु उत्पादन गरेर हाभेस्ट मात्रै गरेपछि आलु व्यापारी किसानको खेतमै पुगेर सङ्कलन गर्ने गरेका छन्’, उनले भने, ‘पैसा नगद पाइने र आलु खनेपछि बजार पुर्‍याउनुपर्ने समस्या छैन ।’

उनले मुस्ताङमा उत्पादन हुने आलु पोखरा–काठमाडौँ लगायत सहरको तारे होटलसम्म पुग्ने गरेको जानकारी दिए ।
    
आलुखेती गर्दै आइरहेका कृषि समूह, सहकारी र फर्मलाई यहाँका स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले विभिन्न अनुदानका कार्यक्रम सञ्चालनमा ल्याउने गरिएको छ । यसबाट पनि यहाँका किसान स्याउखेती जस्तै आलुखेतीमा लाभान्वित हुँदै आइरहेको पाइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १२ : ३५ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने