प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त « Khabarhub

जेन–जी आन्दोलन :

प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १९ जना नेताका घरमा आगजनी भएको छ ।

माओवादी केन्द्रले शनिबारसम्म सङ्कलन गरेको तथ्याङ्क अनुसार; भदौ २४ गते उग्र बनेको आन्दोलनका क्रममा उपत्यका र उपत्यका बाहिर रहेका १९ जना नेताहरूको घरमा आगजनी भएको पाइएको हो ।

प्रदर्शनकाकारीले माओवादी केन्द्रको कोशी प्रदेश कार्यालयमा पनि आगो लगाएर ध्वस्त बनाएको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । प्रदर्शन क्रममा अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको माओवादी केन्द्रले जनाएको छ ।

‘कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकण्र्यताका ऋृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल नेकपा (माओवादी केन्द्र) का नेताहरू जेन–जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका छन्,’ माओवादीले भनेको छ ।

माओवादी नेताका घर जलाइएको विवरण :

१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।
२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।
८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट ।
९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।
१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।
१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी ।
१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।
२०. ⁠प्रदेश नं. १ को पार्टी कार्यालयमा तोडफोड ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  २ : ५७ बजे

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल