राष्ट्रपतिको अपिल – शान्तिपूर्ण निकास निस्किएको छ, सम्हालिँदै चुनावको अवसर सदुपयोग गरौँ « Khabarhub

राष्ट्रपतिको अपिल – शान्तिपूर्ण निकास निस्किएको छ, सम्हालिँदै चुनावको अवसर सदुपयोग गरौँ


२८ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा शान्तिपूर्ण निकास निस्किएको भन्दै चुनावको सदुपयोग गर्न अपिल गरेका छन्‌ ।

रक्तपातयुक्त जेन-जी आन्दोलनपछि निम्तिएको राजनीतिक शून्यता चिर्न शुक्रबार साँझ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी फागुन २१ गते प्रतिनिधि सभा चुनाव घोषणा गरेका राष्ट्रपति पौडेलले यस्तो अपिल गरेका हुन्‌ ।

‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात्‌ एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ’, पौडेलले अपिलमा लेखेका छन्‌, ‘छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’

बडो जुक्तिले प्राप्त अवसर भन्दै राष्ट्रपति पौडेलले यो अवसर सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका हुन्‌ ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ६ : ३५ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा