आज २०८२ साल असोज २७ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल असोज २७ गते सोमबारको राशिफल


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज २७ गते सोमबार । कात्तिक कृष्ण पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १३ तारिख । आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ। धन प्राप्त हुनेछ। व्यापारमा सन्तुष्टि मिल्नेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ।

वृष : तपाईंका लागि आजको दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। शिक्षा र राजनीतिक क्षेत्रमा बढुवा हुने योग छ।

मिथुन : दिन धेरै राम्रो छ। मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। रोग नियन्त्रण हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ। पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। रचनात्मक कलाकारितामा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। सन्तानको व्यवहारबाट मन शान्त बन्नेछ।

सिंह : दिन सामान्य छ। सानो कुराले मन अशान्त बन्ने जोखिम छ। परिवारका कारणले निराशा बढ्नेछ। मिल्ने साथीसँग विवाद हुने जोखिम देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। शिक्षामा मन जानेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। परिवारको मन बुझ्न नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विज्ञसँग सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

तुला : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। बोल्दा सचेत बन्नुपर्नेछ। परिवारसँग बसेर रमाइलो गरेर दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। सोचेका काम सहजै बन्नेछन्। मन शान्त बन्ने योग छ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

धनु : तपाईंका लागि आजको दिन सहज छ। साथीको साथ मिल्नेछ। परिवारको साथमा गरेको काममा सफलता प्राप्त होला। शिक्षा क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा सहयोगी भेटिने छन्।

मकर : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। परिवारसँग झगडा हुने जोखिम छ। मनमा असन्तुष्टि बढ्नेछ। दाम्पत्य जीवनमा झन्झट आइपर्ने देखिन्छ ।

कुम्भ : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रको महत्त्वपूर्ण यात्रा तय हुनेछ।

मीन : दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नेछ। शरीरमा कष्ट हुनेछ। साथीसँग थोरै बोल्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। हरेक काम गर्दा तीन पटक सोच्नु उचित हुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ५ : १५ बजे

काँकरभिट्टाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात

झापा– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

म्याग्दी- कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको

कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता

झापा – झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन

सकारात्मक ‘वर्ड अफ माउथ’का कारण हलले बढाए ‘परान’को शो

काठमाडौं – दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएका कारण हलहरुले

ललितपुरको कात्तिक डबलीमा नरसिंह अवतार मञ्चन (फोटो फिचर)

ललितपुर– ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कात्तिक डबलीमा