लगानीकर्ताले अगाडि सारेका सुझाव धितोपत्र बोर्डले प्रक्रियामा लैजाने « Khabarhub

लगानीकर्ताले अगाडि सारेका सुझाव धितोपत्र बोर्डले प्रक्रियामा लैजाने


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगानीकर्ताले धितोपत्र बजार सम्बन्धी बोर्डमा पेश गरेको सुझाव तथा उडान गरेका विभिन्न विषय कार्यान्वयनको लागि अगाडि बढ्ने भएको छ ।

बोर्डले आइतबार लगानीकर्ताहरूको दबाबपछि सूचना जारी गर्दै सुझावका विषयलाई कार्यान्वयन गर्न बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरेको हो ।

साथै, बोर्डले पुँजी बजार सुधार कार्यदलले पेश गरेको प्रतिवेदनअनुसार तीन महिनाको समयभित्र बोर्डले सम्पन्न गर्नुपर्ने क्रियाकलाप कार्यान्वयनको चरणमा गइसकेको जनाएको छ । त्यसका लागि समयसीमा सहितको कार्य योजना बनाइएको र सोही बमोजिम काम सम्पन्न गरिने समेत बोर्डले जनाएको छ ।

अर्थमन्त्रीको जिम्मेवारीमा आइसकेपछि रामेश्वर खनालले असोज ३ गते मन्त्रीस्तरीय निर्णय गरेर पुँजी बजार सुधार सुझाव कार्यदल गठन गरेका थिए । सो कार्यदलले असोज ९ गते नै प्रतिवेदन बुझाइसकेको छ ।

सो कार्यदलले सेयर बजार सुधारको विषयमा विभिन्न सुझाव दिएको थियो । सो सुझाव तुरुन्त कार्यान्वयन गर्न भन्दै नेप्सेको दोस्रो बजारमा सक्रिय सेयर कारोबारीहरूको समूहले आइतबार नेप्सेमा धर्ना नै दिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ३ : ०० बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष