लगानीकर्ताले अगाडि सारेका सुझाव धितोपत्र बोर्डले प्रक्रियामा लैजाने « Khabarhub

लगानीकर्ताले अगाडि सारेका सुझाव धितोपत्र बोर्डले प्रक्रियामा लैजाने


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगानीकर्ताले धितोपत्र बजार सम्बन्धी बोर्डमा पेश गरेको सुझाव तथा उडान गरेका विभिन्न विषय कार्यान्वयनको लागि अगाडि बढ्ने भएको छ ।

बोर्डले आइतबार लगानीकर्ताहरूको दबाबपछि सूचना जारी गर्दै सुझावका विषयलाई कार्यान्वयन गर्न बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरेको हो ।

साथै, बोर्डले पुँजी बजार सुधार कार्यदलले पेश गरेको प्रतिवेदनअनुसार तीन महिनाको समयभित्र बोर्डले सम्पन्न गर्नुपर्ने क्रियाकलाप कार्यान्वयनको चरणमा गइसकेको जनाएको छ । त्यसका लागि समयसीमा सहितको कार्य योजना बनाइएको र सोही बमोजिम काम सम्पन्न गरिने समेत बोर्डले जनाएको छ ।

अर्थमन्त्रीको जिम्मेवारीमा आइसकेपछि रामेश्वर खनालले असोज ३ गते मन्त्रीस्तरीय निर्णय गरेर पुँजी बजार सुधार सुझाव कार्यदल गठन गरेका थिए । सो कार्यदलले असोज ९ गते नै प्रतिवेदन बुझाइसकेको छ ।

सो कार्यदलले सेयर बजार सुधारको विषयमा विभिन्न सुझाव दिएको थियो । सो सुझाव तुरुन्त कार्यान्वयन गर्न भन्दै नेप्सेको दोस्रो बजारमा सक्रिय सेयर कारोबारीहरूको समूहले आइतबार नेप्सेमा धर्ना नै दिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ३ : ०० बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई