अर्थसंक्षेप : कोशी सरकारको बजेट २५ प्रतिशतले कटौती, लगानीकर्ताका सुझाव धितोपत्र बोर्डले प्रक्रियामा लैजाने र २ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो « Khabarhub

अर्थसंक्षेप : कोशी सरकारको बजेट २५ प्रतिशतले कटौती, लगानीकर्ताका सुझाव धितोपत्र बोर्डले प्रक्रियामा लैजाने र २ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जेन-जी आन्दोलनको ‘साइड इफेक्ट’ : कोशी सरकारको बजेट २५ प्रतिशतले कटौती

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्ने निर्णय गरिएको बताए ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको पुननिर्माण र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणमा खर्च गर्न बजेट कटौती गरिएको मन्त्री भण्डारीले बताए ।

२ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो

नेपाली सडकमा नामीका हजार बढी गाडी

लगानीकर्ताले अगाडि सारेका सुझाव धितोपत्र बोर्डले प्रक्रियामा लैजाने

लगानीकर्ताले धितोपत्र बजार सम्बन्धी बोर्डमा पेश गरेको सुझाव तथा उडान गरेका विभिन्न विषय कार्यान्वयनको लागि अगाडि बढ्ने भएको छ ।

बोर्डले आइतबार लगानीकर्ताहरूको दबाबपछि सूचना जारी गर्दै सुझावका विषयलाई कार्यान्वयन गर्न बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरेको हो ।

साथै, बोर्डले पुँजी बजार सुधार कार्यदलले पेश गरेको प्रतिवेदनअनुसार तीन महिनाको समयभित्र बोर्डले सम्पन्न गर्नुपर्ने क्रियाकलाप कार्यान्वयनको चरणमा गइसकेको जनाएको छ । त्यसका लागि समयसीमा सहितको कार्य योजना बनाइएको र सोही बमोजिम काम सम्पन्न गरिने समेत बोर्डले जनाएको छ ।

अर्थमन्त्रीको जिम्मेवारीमा आइसकेपछि रामेश्वर खनालले असोज ३ गते मन्त्रीस्तरीय निर्णय गरेर पुँजी बजार सुधार सुझाव कार्यदल गठन गरेका थिए । सो कार्यदलले असोज ९ गते नै प्रतिवेदन बुझाइसकेको छ ।

स्वस्तिमा खड्का बनिन् इनड्राइभको ‘ब्रान्ड एम्बेसडर’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ०६ बजे

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान