अर्थसंक्षेप : कोशी सरकारको बजेट २५ प्रतिशतले कटौती, लगानीकर्ताका सुझाव धितोपत्र बोर्डले प्रक्रियामा लैजाने र २ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो « Khabarhub

अर्थसंक्षेप : कोशी सरकारको बजेट २५ प्रतिशतले कटौती, लगानीकर्ताका सुझाव धितोपत्र बोर्डले प्रक्रियामा लैजाने र २ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जेन-जी आन्दोलनको ‘साइड इफेक्ट’ : कोशी सरकारको बजेट २५ प्रतिशतले कटौती

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्ने निर्णय गरिएको बताए ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको पुननिर्माण र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणमा खर्च गर्न बजेट कटौती गरिएको मन्त्री भण्डारीले बताए ।

२ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो

नेपाली सडकमा नामीका हजार बढी गाडी

लगानीकर्ताले अगाडि सारेका सुझाव धितोपत्र बोर्डले प्रक्रियामा लैजाने

लगानीकर्ताले धितोपत्र बजार सम्बन्धी बोर्डमा पेश गरेको सुझाव तथा उडान गरेका विभिन्न विषय कार्यान्वयनको लागि अगाडि बढ्ने भएको छ ।

बोर्डले आइतबार लगानीकर्ताहरूको दबाबपछि सूचना जारी गर्दै सुझावका विषयलाई कार्यान्वयन गर्न बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरेको हो ।

साथै, बोर्डले पुँजी बजार सुधार कार्यदलले पेश गरेको प्रतिवेदनअनुसार तीन महिनाको समयभित्र बोर्डले सम्पन्न गर्नुपर्ने क्रियाकलाप कार्यान्वयनको चरणमा गइसकेको जनाएको छ । त्यसका लागि समयसीमा सहितको कार्य योजना बनाइएको र सोही बमोजिम काम सम्पन्न गरिने समेत बोर्डले जनाएको छ ।

अर्थमन्त्रीको जिम्मेवारीमा आइसकेपछि रामेश्वर खनालले असोज ३ गते मन्त्रीस्तरीय निर्णय गरेर पुँजी बजार सुधार सुझाव कार्यदल गठन गरेका थिए । सो कार्यदलले असोज ९ गते नै प्रतिवेदन बुझाइसकेको छ ।

स्वस्तिमा खड्का बनिन् इनड्राइभको ‘ब्रान्ड एम्बेसडर’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ०६ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई