सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्रीले खोजिन् सबै सुरक्षा संयन्त्रबीच समन्वय « Khabarhub

सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्रीले खोजिन् सबै सुरक्षा संयन्त्रबीच समन्वय


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक बसेको छ।

बैठकमा देशको वर्तमान सुरक्षा अवस्थाको समग्र मूल्यांकन र आवश्यक तयारीबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सिंहरदबारस्थित सुरक्षा परिषद् सचिवालयमा बसेको बैठकमा देशको आन्तरिक शान्ति, सीमा सुरक्षा र समसामयिक चुनौतीहरूबारे मन्त्रालयका उच्च अधिकारीहरूले प्रतिवेदन पेश गरेका थिए ।

प्रधानमन्त्री कार्कीले बैठकमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सबै निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएकी छन् । उनले जनताको सुरक्षालाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको पनि बताएकी छन् ।

यस बैठकमा प्रधानमन्त्री कार्कीसहित ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्यालसहित उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू तथा परिषद् सदस्य सहभागी थिए ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा हजारौँ थान हतियार हराएका छन् । एक लाखभन्दा धेरै गोली लुटिएका थिए ।

उता देशभरका कारागारबाट भागेका अझै ६ हजार कैदीबन्दी बाहिरै छन् । यो अवस्थामा देशमा सुरक्षा चुनौती बढेको विश्लेषणबीच सुरक्षापरिषद् बैठक बसेको हो । यसअघि आइतबार मात्रै गृहमन्त्री अर्यालले लुटिएका हतियार खोजीका लागि विशेष अपरेशन चलाउने बताएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ६ : ५० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु