वीरगञ्जमा फोहर प्रशोधन प्लान्ट निर्माण गरिने « Khabarhub

वीरगञ्जमा फोहर प्रशोधन प्लान्ट निर्माण गरिने


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरको फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा फोहर प्रशोधन प्लान्ट निर्माण गरिने भएको छ । 

फोहरमैलाको दिगो र वातावरणमैत्री व्यवस्थापनका लागि फोहर प्रशोधन केन्द्र बनाउन लागिएको हो ।  प्लान्ट निर्माणका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, सूर्य नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिबीच सोमबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरलाई फोहरमैलामुक्त र हरित सहर बनाउन यो सम्झौताले अर्थ राख्ने बताए।  

‘यो परियोजनाले प्लास्टिकजन्य फोहर व्यवस्थापनमा नयाँ युगको सुरुआत गर्नेछ’, उनले भने, ‘अब फोहरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ ।”’ 

प्रमुख सिंहले डम्पिङ साइटमा निर्माण हुन लागेको नयाँ फोहर प्रशोधन प्लान्टले सहरभरिबाट संकलित फोहरबाट प्लास्टिक छुट्याएर पुनःप्रयोगमा ल्याउने र जैविक फोहरबाट मल उत्पादन गर्न सघाउ पुग्ने दाबी गरे।

सूर्य नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनले वीरगञ्जलाई स्वच्छ र हरितयुक्त सहर बनाउन सो योजनाले सहयोग पुग्ने धारणा व्यक्त गरे।

‘यो परियोजना सम्पन्न भएपछि वीरगञ्ज ‘फोहरमुक्त, स्वच्छ र हरित सहर’ बन्ने दिशामा ठोस र दीर्घकालीन कदम अघि बढ्नेछ’, उनले भने, ‘हाम्रो उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत यो लगानी गरेको हो । नाफामुखी व्यापारसँगै हामी समाज र वातावरण दुवैप्रति उत्तरदायी रहन चाहन्छौँ ।’ 

सम्झौताअनुसार, महानगरको फोहर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी लगानीमा फोहर प्रशोधन प्लान्ट निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि उक्त प्लान्ट वीरगञ्ज महानगरलाई हस्तान्तरण गरिनेछ ।
 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ३५ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि