मनास्लु क्षेत्रबाट पोल्याण्डका एक नागरिकको उद्धार « Khabarhub

मनास्लु क्षेत्रबाट पोल्याण्डका एक नागरिकको उद्धार


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा– मनास्लु क्षेत्र भ्रमण गर्न आएका पोल्याण्डका एक पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

राहदानी नम्बर एफई ०४६८९१९ भएका ३६ वर्षीय एडम बर्टोस्ज प्यासिअरबेकलाई आज दिउँसो १३ः०० बजे चुमनुब्री–४ नाम्रुङबाट हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी माउण्टेन सनभ्याली ट्रेक कम्पनीमार्फत त्यसतर्फ भ्रमण गर्न गएका थिए । यसैबीच आइतबार भालुको आक्रमणबाट गम्भीर घाइते भएकी चुमनुब्री गाउँपालिका–५ ड्याङकी ७४ वर्षीया टासी भुटी लामाको पनि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  

लामाको टाउको, अनुहार, छातीलगायतका भागमा  गहिरो चोट लागेको वडाध्यक्ष काल्देन छेवाङले जानकारी दिए । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ४२ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी