मनास्लु क्षेत्रबाट पोल्याण्डका एक नागरिकको उद्धार « Khabarhub

मनास्लु क्षेत्रबाट पोल्याण्डका एक नागरिकको उद्धार


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा– मनास्लु क्षेत्र भ्रमण गर्न आएका पोल्याण्डका एक पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

राहदानी नम्बर एफई ०४६८९१९ भएका ३६ वर्षीय एडम बर्टोस्ज प्यासिअरबेकलाई आज दिउँसो १३ः०० बजे चुमनुब्री–४ नाम्रुङबाट हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी माउण्टेन सनभ्याली ट्रेक कम्पनीमार्फत त्यसतर्फ भ्रमण गर्न गएका थिए । यसैबीच आइतबार भालुको आक्रमणबाट गम्भीर घाइते भएकी चुमनुब्री गाउँपालिका–५ ड्याङकी ७४ वर्षीया टासी भुटी लामाको पनि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  

लामाको टाउको, अनुहार, छातीलगायतका भागमा  गहिरो चोट लागेको वडाध्यक्ष काल्देन छेवाङले जानकारी दिए । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ४२ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको